लामिछाने चेलीवेटी समूहको प्रथम अधिवेशनले गोमा ढकाल लामिछानेको अध्यक्षतामा १५ सदस्यीय कार्य कार्यसमिति चयन गरेको छ ।
संस्थाको निवर्तमान अध्यक्ष रमा लामिछाने, उपाध्यक्षमा पार्वती थापा लामिछाने, सचिव मञ्जु भण्डारी लामिछाने, सहसचिव इन्दिरा लामिछाने र कोषाध्यक्षमा पार्वती लामिछाने चुनिएका छन् ।
सदस्यमा प्रमिला थापा लामिछाने, गीता बानियाँ लामिछाने, यसोदा भट्टराई लामिछाने, गंगा लामिछाने, रेनु लामिछाने, उमा लामिछाने, भागवती पौडेल लामिछाने, पवित्रा कुँवर लामिछाने, गंगा लामिछाने र उर्मिला लामिछाने निर्वाचित भएका हुन् ।
समारोहमा तीजको सन्दर्भमा शुभकामना आदानप्रदानसमेत भएको थियो । कार्यक्रम रमा लामिछानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्याव्सन कास्कीका वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले तीजको महत्व र चेलीबेटीको एकताबारे बोलेकी थिइन् ।