समाचार

समृद्धिको बुद्धिचालमा गौरव प्रथम

समृद्धि बाल क्लबको आयोजनामा हालै भएको खुला बुद्धिचाल प्रतियोगितामा गौरव पौडेल प्रथम भएका छन् । प्रतियोगितामा विकास घर्ती, अनुकूल गुरुङ क्रमशः दोस्रो र तेस्रो बने । प्रतियोगितामा जेनिस गुरुङ, ऋदम वाग्ले, आयुष पनेरु र एलेक्स राई सान्त्वना ठहरिए । विजेताहरुलाई समृद्धि महिला समूहकी उपाध्यक्ष अनिषा बराल र निर्णायक संयोजक परिवेश थापाले मेडल र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा सुशान्त बाल क्लब, समृद्धि बाल क्लब, हिमालयन मित्र बाल क्लब र अन्य… पुरा पढौ

हाजिरीजवाफमा रेन्बो एकेडेमिक होम्स प्रथम

प्याब्सन कास्कीले शनिबार आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा रेन्बो एकेडेमिक होम्स मावि पोखरा–१५, कोलपाटन प्रथम भएको छ । माविस्तरीय प्रतियोगितामा रेन्बोका माल्लिका मल्ल, अमत्र्य खड्का र विश्वास रानाको समूह प्रथम ठहरिएको हो । प्रतियोगितामा शान्ति निकेतन माविका निश्चल कोइराला, अनुपम पराजुली र सफल शर्माको समूह दोस्रो हुँदा सन्देश तिवारी, सुप्रिम चापागाईँ र प्रतीक पौडेल रहेको वेस्ट प्वाइन्ट स्कुलको समूह तेस्रो बनेको छ । भाष्कर मेमोरियलका कीर्ति पाण्डे, उत्सव शर्मा र स्वस्तिका… पुरा पढौ

कविताः हाम्रो पहिचान

पश्चिमा दर्शन उदायो जबपरम्परा हाम्रो अस्तायो तब लुङी र चोली घलेकी राम्रोछ कति सुन्दर पोशाक हाम्रोसोरठी र घाटू प्रचलित नृत्यबिर्सनै कहिलै नहुने कृत्य आउन आउ ए आच्यो, ठागु !रोधी बस्ने चलन गराउन लागूजमर्को गरौं संस्कार साच्नेबिना अस्तित्व के जीवन बाच्ने ? चिनारी हाम्रो भाषामा हुन्छछ्याजालो भन्दा कति सभ्य सुन्छहुन्छ हाम्रो प्रारम्भ संवत ल्होसारसभ्यताको विकास क्व्होलासोंथर यानीमाया गाऊ, सुनिमाया सुनमादल अनि झ्याम्टा तालैको धुनफेरि एकताको गाँठ बाँध्ने बेला भोतमुको पर्यायवाची शब्द… पुरा पढौ

कास्कीका सिडिओलाई स्वागत, एसपीलाई सम्मान

होटल संघ पोखरा नेपालले कास्कीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई स्वागत र कास्की प्रहरी प्रमुख मोहनकुमार थापालाई सम्मान गरेको छ । हालै कास्कीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी पाण्डेलाई संघले स्वागत गरेको हो । जिल्लामा शान्ति, सुरक्षा कायम राख्दै विविध विकृति नियन्त्रणमा उल्लेख योगदान पु¥याएको भन्दै सोमबार थापालाई सम्मान गरिएको हो । २० वर्षअघि प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापालाई गण्डकी प्रदेश सरकारले यसपालिको गणतन्त्र दिवसमा ‘शान्ति सुरक्षा… पुरा पढौ

माक्र्सवादी अध्ययन स्रोत केन्द्रमा झलकपाणि

माक्र्सवादी अध्ययन स्रोत केन्द्र पोखरा नेपालको भेलाले झलकपाणि तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । केन्द्रको उपाध्यक्षमा दुर्गादत्त भण्डारी, सचिव डिल्लीराज ढुंगाना, सहसचिव दुर्गा भुजेल र कोषाध्यक्षमा कल्पना चिलुवाल छन् । संस्थाका सदस्यमा रवीन्द्र घिमिरे, राजेन्द्र पौडेल, परशुराम कोइराला, आरती अधिकारी र सीता नेपाली छन् । सल्लाहकारमा रामराज रेग्मी, हरि अधिकारी, तारा बराल, सावित्रा दुरा र नारायण अधिकारी छन् । संस्था अध्यक्ष रामराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र अनुशासन… पुरा पढौ

मणिपालमा उपचार गर्दा पोखरा १२ का बासिन्दालाई छुट

पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन । वडा कार्यालय र हस्पिटलबिच आईतबार भएको सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने विभिन्न शीर्षकको सेवामा विशेष छुट दिइने भएको हो । पोखरा महानगरपालिका १२ का वडाध्यक्ष सन्तोष बास्तोला र मणिपाल शिक्षण अस्पतालका सिईओ अनिल ओडूविलबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा वडावासीका लागि ओपिडी दर्तामा १०० प्रतिशत, बेड शुल्कमा २५ प्रतिशत, नियमित जाँचका ल्याब टेस्टमा १५… पुरा पढौ

पोखरा १७ को हाजिरीजवाफमा समृद्धि महिला समूह प्रथम

पोखरा महानगरपालिका वडा नम्बर १७ ले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा समृद्धि महिला समूह, सीतापाइला प्रथम भएको छ । महिलाको आन्तरिक प्रतिभा प्रस्फुटनका लागि भएको हाजिरीजवाफमा वडाभरीका ३२ समूह सहभागी थिए । समृद्धिका मीना पौडेल, विद्या बराल र सुमित्रा तिवारीले प्रथम हुँदै नगद १० हजार र प्रमाणपत्र पाएका छन् । महानगरको वार्षिक कार्यक्रमअन्तर्गत भएको प्रतियोगितामा दोस्रो शेरा जागृति आमा समूह दोस्रो र तेस्रो संकल्प आमा समूह भएका छन् । शेरा जागृतिको… पुरा पढौ

अमेरिकामा हुने युवा नेतृत्व कार्यक्रममा मदरल्यान्डका ४ विद्यार्थी जाँदै

अमेरिकाको वासिङ्टन सिसी र क्यान्सस सहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्यान्ड माविका ४ विद्यार्थी जान लागेका छन् । उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले अबिर र माला लगाएर बिदाइ गरिन् । मदरल्यान्डमा कक्षा १० मा अध्ययनर कृपा बराल र एल्भिना बराल, कक्षा ११ व्यवस्थापनका सुविज्ञा नेपाल र विज्ञान संकायका रबिना पौडेल अमेरिका जान लागेका हुन् । उनीहरु अमेरिकी दुतावास नेपालले सञ्चालन गरेको प्रतिष्पर्धामा उत्कृष्ट… पुरा पढौ

भारतीयले सुुनको माला भनी ठगे, २ पक्राउ

सुनको भनी पहेंलो धातुको माला बेचेर ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई भारतीयलाई पक्राउ गरेको छ । बुधबार प्रहरीले भारत उत्तर प्रदेश घर भएका वर्ष ७१ की प्रभादेवी र वर्ष ४२ का रामनारायण सुलेङीलाई पक्रेको हो । उनीहरुले बुधबार पौने २ बजेतिर पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकका एक व्यवसायीलाई सुनको माला भनी नक्कली पहेँलो धातुको माला दिएर नगद चार लाख लिएका थिए । यसबारे सूचना आएपछि प्रहरी चौकी छोरेपाटनबाट… पुरा पढौ

गण्डकीमा राप्रपाले सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने

गण्डकी प्रदेशसभामा राप्रपाले कांग्रेस संसदीय दलका नेतासमेत रहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने भएको छ । अहिले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेको विश्वासको मतमाथि छलफल जारी छ । गण्डकीमा राप्रपाका दुई सांसद छन् । नेपाली कांग्रेसका २९ र राप्रपाका दुई गरी पाण्डेको पक्षमा २९ सांसदको समर्थन देखिएको छ । उनलाई अब थप दुई सांसदको समर्थन आवश्यक पर्छ । गण्डकी प्रदेश जेठ १६ गते सर्वाेच्चको परमादेशबाट पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं