समाचार

लामिछाने चेलीबेटी समूहमा गोमाको नेतृत्व

लामिछाने चेलीवेटी समूहको प्रथम अधिवेशनले गोमा ढकाल लामिछानेको अध्यक्षतामा १५ सदस्यीय कार्य कार्यसमिति चयन गरेको छ । संस्थाको निवर्तमान अध्यक्ष रमा लामिछाने, उपाध्यक्षमा पार्वती थापा लामिछाने, सचिव मञ्जु भण्डारी लामिछाने, सहसचिव इन्दिरा लामिछाने र कोषाध्यक्षमा पार्वती लामिछाने चुनिएका छन् । सदस्यमा प्रमिला थापा लामिछाने, गीता बानियाँ लामिछाने, यसोदा भट्टराई लामिछाने, गंगा लामिछाने, रेनु लामिछाने, उमा लामिछाने, भागवती पौडेल लामिछाने, पवित्रा कुँवर लामिछाने, गंगा लामिछाने र उर्मिला लामिछाने निर्वाचित भएका हुन्… पुरा पढौ

जेसिआई नेपाल बिजनेस एकेडेमीमा ६२ जनालाई प्रशिक्षण

जेसीआई पोखराको आतिथ्यतामा भदौ ७ देखी १० गतेसम्म पोखरामा जेसीआई नेपाल बिजनेस एकेडेमी (जेएनबीए–२०२४) आयोजना गरिएको छ । कार्यक्रमले देशभरका युवा व्यवसायी तथा पेशाकर्मीलाई समट्दै व्यवसायिक रणनीति निर्माण र उद्यमशीलता विकासमा सघाएको आयोजकको दाबी छ । ४ दिनको आवासीय कार्यक्रम सुरुआत गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गरेका थिए । अन्तर्राष्ट्रिय प्रशिक्षक हिमाद्री शैलेन्द्र सिन्हा तथा सिए चेतना जैनसहित बुटवल जेसीजका पूर्व अध्यक्ष राजीव गौतमले देशभरीबाट सहभागी ६२ प्रशिक्षार्थीलाई प्रशिक्षण दिएका… पुरा पढौ

पाइटल दीक्षान्तलाई डागर स्मृति पुरस्कार

डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको डागर स्मृति पुरस्कार यस वर्ष युवा पाइलट दीक्षान्त जंगबहादुर राणालाई अर्पण गर्ने भएको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले सन् २०१९ देखि विमान चलाउँदै आएका दीक्षान्तलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । दीक्षान्तले १७ वर्षको उमेरमा डेल्टा क्वालिफ्लाइटबाट व्यावसायिक उडान अनुमतिपत्र प्राप्त गरेका थिए । संयुक्त राज्य अमेरिकाबाट पाइलट कोर्ष पूरा गरेसँगै सन् २०१९ बाट उनले व्यावसायिक जीवन… पुरा पढौ

साढे ३ करोडमा बन्यो भवन, धर्मशालाबाट नयाँ भवनमा सर्दै प्रहरी

मुस्ताङको इलाका प्रहरी कार्यालय मुक्तिनाथले नयाँ भवन पाएको छ । गण्डकी प्रदेश सरकारको तीन करोड ६० लाख लगानीमा तीन तले भवन बनाइएको हो । बारगुङ मुक्तिक्षेत्र गाउँपालिकामा बनेको यो भवनसहितको कार्यालय परिसर साढे छ रोपनीमा छ । इलाका प्रहरी कार्यालय मुक्तिनाथ अहिले रानीपौवाको पुरानो धर्मशालाका चार कोठामा छ । अब एउटा कोठामा सानो युनिट राखी कार्यालय नयाँ भवनबाटै सञ्चालन हुने मुस्ताङका प्रहरी प्रमुख भोजराज पाण्डेयले बताए । बुधबार आयोजित समारोहमा… पुरा पढौ

पर्यटन राजधानीमा लायन्सको एलएलसी, ८३ क्लब अध्यक्ष दीक्षित

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा लायन्स नेतृत्व शिविर लायन्स लिडरसिप क्याम्प (एलएलसी) पर्यटकीय राजधानी पोखरामा आयोजना गरिएको छ । भदौ ७ गतेदेखि सुरु भएको एलएलसी आइतबार सकिएको हो । ३ दिनसम्म सञ्चालन भएको एलएलसी समापन गर्दै डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले लायन्सको नेतृत्वलाई मजबुत बनाउन यस कार्यक्रमले टेवा पुग्ने विश्वास सुनाए ।उनले लायन्स क्लबलाई सुदृढ र बलियो बनाउन क्षमतावान नेतृत्व आवश्यक पर्ने भएकाले क्लबका नेतृत्वको क्षमता अभिवृद्धिका लागि कार्यक्रम… पुरा पढौ

विष्णु माझीको गीत आयो, तीज आयो (गीतसहित)

रामबहादुर थापालोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा…’ शनिबार युट्युबमा सार्वजनिक हुँदा साथ वरिष्ठ गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘गीत सुन्दा गीतले मजा दिन छाडेको धेरै भइसकेको यस बेलामा अचानक यो गीत ! अद्भुत !’ तीज गीतका नाममा मौलाइरहेको विकृतिलाई निरुत्साहित गर्न माझीद्वारा स्वरबद्ध उक्त गीतलाई करोडौँ ‘भ्यूज’ पुग्ने गरी दर्शक÷स्रोताले साथ दिनुपर्ने उनको भनाइ थियो । गायक एवं संगीतकार वसन्त थापा माझीको तीज गीत… पुरा पढौ

पोखरा बहुमुखी छात्रा भलिबलमा पश्चिमाञ्चल बिजयी

पोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको जील्लास्तरिय अन्तरमावि छात्रा भविबल प्रतियोगितामा पश्चिमाञ्चल मा बि बिजयी भएको छ । आज बिहान भयेको फाइनल म्याचमा न्यु ग्यालेक्सी मा बि का विरुद्ध पश्चिमाञ्चल बिजयी भयेको हो । पोखरा बहुुमुखी क्याम्पस खेलकुद मैदानमा शुक्रबार देखि शुरु भएको उक्त प्रतियोगीतामा कास्की जील्लाभरका २३ बिद्यालयले प्रतिस्पर्धा गरेका थिए । उक्त स्पर्धाबाट क्वाटर फाइनल मा पुगेका पश्चिमाञ्चल मावि, गुरुकुल बिद्यासदन, शान्ता मावि , मदरल्याण्ड, करुणानिधि एजुकेशन फाउण्डेशन, तालबाराही,… पुरा पढौ

बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारीलाई पत्रकारिता पुरस्कार

बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । खानेपानी तथा सरसफाइ राष्ट्रिय महासंघ (फेडवासन) को २२ औं स्थापना दिवसको अवसरमा चितवनमा आयोजित समारोहमा उहाँलाई सम्मान गरिएको हो । उहाँले टेलिभिजन विधामा सो पुरस्कार प्राप्त गर्नुभएको हो । अघिल्लो आर्थिक वर्षभरिमा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा प्रकाशन प्रसारण भएका समाचारमध्येबाट फेडवासनले चार जना सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आएको छ । राजभण्डारीका अलावा अखबारतर्फ चितवन पोष्टका होमनाथ सापकोटा, अनलाइनतर्फ… पुरा पढौ

सिन्धुली, गोलान्जोरमा बाेलेराे सुनकाेशीमा खस्याे

सिन्धुली, गोलान्जोर गाउंपालिका- १ मध्य पहाडी लोकमार्ग स्थित कुडेलेमा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नं. नखुलेको डबल क्याप बलेरो गाडी सुनकोशी नदिमा पाैने ६ बजे खसेर बेपत्ता भएको छ । दुर्घटना भएको खवर प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन बेश खुर्कोटबाट गोताखोर सहित १० जनाको टोली खटिएको छ । उक्त गाडीमा ४ जना सवार मध्ये १ जना रोडमा हामफाल्दा सामान्य घाईते भएका छ्न् । अहिले गोताखोरले खोजी शुरु गरेको… पुरा पढौ

पोखरा आउँदै गरेको बसमा ढुङ्गा खस्यो, ११ घाइते

चितवन शुक्रबार दिउँसो चितवनको मुग्लिन नारायणगढ सडक खण्डको सत्रकिलोमा पहाडबाट खसेको ढुङ्गा गुडिरहेको बसमा लाग्दा ११ यात्रु घाइते भएका छन् । दिउँसो पौने २ बजे दुर्घटना भएको र घाइतेहरुको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग२ख ४७ नम्बरको बसमा भरतपुर महानगरपालिका वडा नंं २९ सत्रकिलोमा ढुङ्गा लागेको थियो । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं