समाचार

सिन्धुली, गोलान्जोरमा बाेलेराे सुनकाेशीमा खस्याे

सिन्धुली, गोलान्जोर गाउंपालिका- १ मध्य पहाडी लोकमार्ग स्थित कुडेलेमा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नं. नखुलेको डबल क्याप बलेरो गाडी सुनकोशी नदिमा पाैने ६ बजे खसेर बेपत्ता भएको छ । दुर्घटना भएको खवर प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन बेश खुर्कोटबाट गोताखोर सहित १० जनाको टोली खटिएको छ । उक्त गाडीमा ४ जना सवार मध्ये १ जना रोडमा हामफाल्दा सामान्य घाईते भएका छ्न् । अहिले गोताखोरले खोजी शुरु गरेको… पुरा पढौ

पोखरा आउँदै गरेको बसमा ढुङ्गा खस्यो, ११ घाइते

चितवन शुक्रबार दिउँसो चितवनको मुग्लिन नारायणगढ सडक खण्डको सत्रकिलोमा पहाडबाट खसेको ढुङ्गा गुडिरहेको बसमा लाग्दा ११ यात्रु घाइते भएका छन् । दिउँसो पौने २ बजे दुर्घटना भएको र घाइतेहरुको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग२ख ४७ नम्बरको बसमा भरतपुर महानगरपालिका वडा नंं २९ सत्रकिलोमा ढुङ्गा लागेको थियो । पुरा पढौ

वर्षमा ७ चितुवा मृत भेटिए, कारण यस्तो छ

पर्वतका विभिन्न स्थानमा १ वर्षको अवधिमा ७ वटा चितुवा मृत अवस्थामा भेटिएका छन् । जिल्लास्थित डिभिवन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न स्थानबाट ७ वटा चितुवा मृत भेटिएका हुन् । कार्यालय प्रमुख झ्यामनारायण सापकोटाले गत पुस १ गतेदेखि गत जेठसम्ममा पोथी चितुवा र चितुवाका बच्चा मृतावस्थामा भेटिएका जानकारी दिए । गत पुस १ गते जिल्लाको बिहादी गाउँपालिका २ बर्राचौरमा बच्चा चितुवा, पुस ९ गते कुश्मा नगरपालिका–८ चुवामा एउटा भाले… पुरा पढौ

नेपाली विभागमा छात्रवृत्ति वितरण र ‘यो कसको हात हो’ को चर्चा

पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय छात्रवृत्ति वितरण तथा साहित्यक परिचर्चा कार्यक्रम गरेको छ । विभागले बिहीवार एक समारोहबीच छात्रवृत्ति वितरण र साहित्यकार तीर्थराज अधिकारीको नवौं कृति ‘यो कसको हात हो’ दोस्रो संस्करणको परिचर्चा आयोजना गरेको हो । कार्यक्रममा निमित्त क्याम्पस प्रमुख शंकरनाथ पौडेल, विभागीय प्रमुख डा यमनाथ तिमिल्सिना, छात्रवृत्ति संस्थापक कृष्णप्रसाद पौडेल, राधादेवी पौडेल, तीर्थराज अधिकारी, सीतादेवी अधिकारीले संयुक्तरूपमा उक्त छात्रवृत्ति प्रदान गरे । पूर्व विभागीय प्रमुख पौडेलद्वारा आफ्ना बुबा… पुरा पढौ

टिकटकमाथिको प्रतिबन्ध हट्यो

सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार टिकटक कम्पनी तीन महिनाभित्र नेपाल सरकारले दिएका सर्तहरू पुरा गर्न भनिएको छ । सामाजिक सद्भाव भड्काएको भन्दै १० महिनाअघि तत्कालीन पुष्पकमल दाहाल सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । रकारले बन्द गरेपछिप्रयोगकर्ताले भने भीपीएन र ओपन डीएनएसको सहयोगमा टिकटक चलाउँदै आएका थिए । यसले अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत गरेको… पुरा पढौ

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै

आगामी असोज ४ र ५ गते नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको तयारी तीव्र रूपमा अघि बढेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । सम्मेलन नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रूम टु रीडको संयुक्त आयोजनामा हुन लागेको हो । अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजक समितिका संयोजक, नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति एवम् बालसाहित्य विभागका प्रमुख विमलकृष्ण श्रेष्ठले सम्मेलनले बालसाहित्य सम्बन्धी प्राज्ञिक बहसलाई अघि बढाएर नेपाली बालसाहित्यको… पुरा पढौ

शिवरामले बनाइदिए जानकीमा अक्षयकोष

पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शिवराम भण्डारीले आफूले पाएको तलव, सुविधाबाट सरकारी स्कुलमा अक्षयकोष बनाएका छन् । पोखरा–१७, महतगौंडाको जानकी माविमा उनले ५ लाखको अक्षयकोष स्थापना गरेका हुन् । विद्यालयको ४४ औं वार्षिकोत्सवमा उनले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने घोषणा गरेका थिए । त्यही घोषणा बमोजिम शिवरामले प्रधानाध्यापक अर्जुन कँडेललाई उक्त रकमको चेक बिहीबार हस्तान्तरण गरेका हुन् । आफूले पाएको दुई वर्षको सुविधामा रकम थप गरी… पुरा पढौ

राम विनयको पुनर्जन्म प्रकाशित

प्रगतिवादी साहित्यकार राम विनयको नवौं पुस्तक पुनर्जन्म प्रकाशित भएको छ  । कोभिड महामारीको समयमा आफ्ना पिता तथा दुइ भाइहरुको मृत्यु भएको राम विनयको परिवारमा सबैलाई कोभिड भएको थियो  ।  लेखक राम विनय कोभिडको कारण गम्भीर भएर झन्डै तीन हप्ता अस्पताल बस्नु परेको थियो  ।  आइसीयुमा जीवनका अन्तिम सास फेर्दै बाँचेका राम विनयले अत्यन्तै कारुणिक संस्मरण लेखेका छन्  ।  आफ्नो परिवारमा भएको बज्रपात तथा आफुले सहनु परेको पीडाबारे उनले आफूलाई निचोरेर… पुरा पढौ

गीताञ्जली साहित्य रत्न कल्याण र रूना साहित्य पुरस्कार असफललाई

गीताञ्जली साहित्य परिवार पोखरा–११, रामघाटद्वारा सञ्चालित गीताञ्जली साहित्य रत्न पुरस्कारबाट साहित्यकार कल्याण पन्त पुरस्कृत हुने भएका छन् । उक्त पुरस्कारबाट यसअघि तेजनाथ घिमिरे, डा. जगमान गुरुङ, तारानाथ पाखे, डा. नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्रा.डा. कुसुमाकर न्यौपाने, प्रा.डा. जगन्नाथ रेग्मीलगायत सम्मानित भइसकेका छन् । संस्थाद्वारा सञ्चालित मुक्तकविधा केन्द्रित रुक्मिना नारायणदत्त (रुना) साहित्य पुरस्कार असफल गौतमलाई अर्पण गरिने भएको छ । उक्त पुरस्कारबाट यस अघि रत्न शमशेर थापा, शंकर ज्ञवाली र लक्ष्मण… पुरा पढौ

कवि सिर्जना अर्यालकाे नाट्य कृति लाेकार्पित

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान पाेखराकाे आयाेजनामा कवि सिर्जना अर्यालकाे नाट्यकृति "मुर्दाघर" एक समाराेहका बिच गण्डकी प्रज्ञा प्रतिष्ठानकाे सभाहलमा लाेकार्पित भएको छ।साथै कवि अर्यालकाे एकल वाचन समेत सम्पन्न भएको छ। गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङकाे प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पाेखराका कवि तथा साहित्यिक स्रष्टाहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कुलपति गुरुङले भने - "साहित्य सिर्जना गरेर बाँच्नु आनन्ददायक हुन्छ।त्यसैले साहित्यिक कार्यक्रममा मलाई सधैं जाऊँजाऊँ लाग्छ।" कार्यक्रममा बिशेष अतिथिका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं