ब्रह्मरुपा स्कुमा लायन्स अन्नपूर्ण नाइसको खानेपानी टंकी

पोखरा–३२ मा रहेको ब्रहारुपा माविमा १० हजार लिटरको खानेपानी टंकी बनेको छ ।

लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसको आयोजना बिहीबार भएको कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ जे नेपालकी डिस्ट्रिक गर्भनर मिलन थापाले टंकी उद्घाटन गरिन् ।

सिलकोस्ट विद्यालय बेलायको २ लाखको सहयोगमा टंकी बनेको हो । गर्भनर थापाले अन्नपूर्ण नाइसले छोटो समयमा राम्रो काम गरेको जनाउँदै विद्यार्थीलाई अत्यावश्यक खानेपानी आपूर्ति सहज बनाएकोमा धन्यवाद दिइन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गालाल पण्डितले टंकी निर्माणले विद्यार्थीले खानेपानीका लागि निकै सहज हुने उल्लेख गरे । परियोजना निर्देशक सोनाम साङ्पोले सरकारी विद्यालयहरुलाई शुद्ध खानेपानीको व्यवस्थालाई निरन्तर दिइने जनाउँदै लायन्सको परियोजनाको सहयोगमा बनेको यो ४७ औं खानेपानी टंकी भएको जानकारी दिए ।

व्रह्मरुपाका प्रधानाध्यापक जनार्दन सुवेदीले स्कुलको खानेपानी समस्या निकै हदसम्म समाधान भएको जानकारी दिँदै भविष्यमा पनि सहयोगको अपेक्षा गरे ।

लायन्स पोखरा अन्नपूर्ण अध्यक्ष गणेश छबि क्लबले छोटो समयमा खाद्यान्न सहयोग, खानेपानी टंकी निर्माण, छात्रवृत्ति प्रदान जस्ता कार्यक्रम गरी परिपक्व क्लबको परिचय दिएको भनाइ राखे ।

क्लबकी अध्यक्ष लक्ष्मी गुरुङले खानेपानी जस्तो आधारभूत आवश्यकताकै परिपूर्ति सहज नहुँदा शिक्षार्जन असहज हुने भएकाले सहयोग गरिएको जनाइन् । कार्यक्रममा क्लबकी आइटी चिफ दूधमान गुरुङ, प्रथम उपाध्यक्ष विष्णुमाया जोजिजु, कार्यक्रम संयोजक रमाकुमारी पराजुली र सचिव लक्ष्मी गुरुङ ‘बी’ले पनि बोलेका थिए ।