स्कोप कास्कीमा साँस्कृतिक नृत्य प्रतियोगिता

स्कोप कास्कीले हरेक बर्ष गर्दै आएको सामुहिक साँस्कृतिक नृत्य प्रतियोगिता यस बर्ष पनि भएको छ । कक्षा एक देखि पाँच सम्ममा जुनियर तह र कक्षा छदेखि दस सम्ममा सिनियर तहमा छुट्टाछुट्टै मुल्यांकन गरि प्रतियोगिता भएको हो ।

सामुहिक साँस्कृतिक नृत्य प्रतियोगिताको सिनियरतर्फ ज्ञान गंगा स्कुल,ज्ञानसागर एकेडेमी, शान्ति निकेतन स्कुल र सरस्वती सेकेण्डरी बोर्डिङ स्कुल प्रथम ,द्वितिय ,तृतीय र सान्त्वना बने । जुनियरतर्फ पोखरा स्पाइरल ग्यालेक्सी बोर्डिङ स्कुल प्रथम, शान्तिनिकेतन स्कुल र सनफ्लावर बोर्डिङ स्कुल द्वितिय, ज्ञानु बाबा सेकेण्डरी बोर्डिङ स्कुल तृतीय र ज्ञान गंगा स्कुल सान्त्वना ठहरिए ।

बुद्धिबहादुर गुरुङ (गौरी), रबिन गुरुङ र प्रिति गुरुङ प्रतियोगिताका निर्णाणक थिए ।

कार्यक्रममा प्राज्ञ प्रजापति पराजुलीलेले भने नयाँ पुस्तालाई हाम्रो सँस्कृतिसँग र हाम्रो मौलिकतासँग सन्निकट बनाउन यो कार्यक्रम निकै फलदायी भएको जनाए ।

उक्त कार्यक्रममा एसइइ परीक्षामा चार जिपिए पाउने स्कोपका विद्यार्थीलाई कदर पत्र, दोसल्ला र नगदले कदर तथा सम्मान गरिएको थियो। सम्मानित बिद्यार्थी र बिद्यालय हरुमा शान्ति निकेतनबाट अदिती पराजुली र डिज्नील्याण्ड एकेडेमीबाट सृष्टि भण्डारी, सृष्टिना पौडेल र स्मृति लम्साल थिए।

सो अवसरमा सरस्वती सेकेण्डरी बोर्डिङ स्कुलकी इमा थापा मगरले थाइल्याण्डमा सम्पन्न विश्व च्याम्पियनसिप हप्किदो प्रतियोगितामा तेश्रो हुन सफल भएकोमा कदर एवम् सम्मान गरिएको थियो। यसरी सफल नतिजा प्राप्त गर्ने शान्ति निकेतन स्कुल , डिज्नील्याण्ड एकेडेमी र सरस्वती बोर्डिङ स्कुललाई समेत सम्मान गरिएको थियो।

स्कोप कास्कीका अध्यक्ष डा महेश्वर पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष दुर्गाबहादुर थापाले्् सञ्चालन सचिव दिपक शाह एवम् कार्यक्रम संयोजक छन्दमणि त्रिपाठीले गरेका थिए। सो अवसरमा ज्ञानसागर एकेडेमीकी कक्षा ११ कि छात्रा लक्ष्मी सुनारले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन्।