
थमन परियार स्मृति प्रतिष्ठान नेपाल, कास्कीको पाँचौं वार्षिक साधारणसभा भएको छ । विसं. २००७ साउन १ गते जन्मिएका परियारको २०६२ कात्तिक ६ गते हत्या भएको थियो ।
कार्यक्रममा सहभागीहरुले सामाजिक न्याय, आर्थिक सुशासन र समावेशी राज्य निर्माण गर्दै अघि बढेमा मात्र सहिदहरुको सपना साकार पार्ने मार्गमा जान सकिने विचार राखे । वक्ताहरुले जातीय विभेद र भ्रष्ट्राचार नै समाज रुपान्तरणको मुख्य बाधक भएको औंल्याएका थिए ।
माओवादी जनयुद्धका क्रममा सहिद भएका परियारको स्मृतिमा गठन भएको प्रतिष्थानले जातीय विभेदविरुद्ध सचेतना जगाउन र साहित्यको क्षेत्रमा काम गर्दै आएको छ । कार्यक्रममा वाम बुद्धिजीवी रामराज रेग्मीले सहिदहरुले देखाएको मार्ग भुल्नु देशप्रति गद्धारी हुने उल्लेख गरे । उनले प्रतिष्ठानलाई गतिशील बनाउन कोष वृद्धि गर्दै जानुपर्नेमा जोड दिए ।
माओवादी केन्द्रको अनुशासन आयोगका सदस्य कोमलनाथ बरालले सहिद परियारले जीवनकालमा राजनीतिक र सामाजिक परिवर्तनका लागि गरेको योगदानबारे प्रकाश पारे । संस्थाका अध्यक्ष गोपालमणि लामिछानेको अध्यक्षतामा भएको सभामा अधिवक्ता निर्मला न्यौपाने र अर्जुन मल्लले पनि बोलेका थिए ।