सरूभक्तका २ मुक्तक

कतिका लागि सधैंभरि घोचिरहने भाला रहेछ जिन्दगी
कतिका लागि सधैंभरि बन्द रहने ताला रहेछ जिन्दगी
बहार आउँदा कति फूल फुल्छन् -ओइलाइ झर्छन् तर
फूलको हैन नओइलाउने रहरको माला रहेछ जिन्दगी

कतिका लागि मदिरालय अनि हाला रहेछ जिन्दगी
कतिका लागि असाध्य फोहोर नाला रहेछ जिन्दगी
सफलताका महान अनि प्रेरक कथा जति सुनेपनि
कतिका लागि ब्यर्थै खेरजाने पाला रहेछ जिन्दगी ।