तीन दशकभन्दा बढी गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार ९चुमभ्याली० मा बिताएका प्रकाश तामाङ ९काले मोक्तान० ले नागरिकता पाएका छन्। प्रकाशलाई भोजपुरको षडानन्द नगरपालिका–१० छाप्लेगाउँ ९साम्पाङ० मा अवस्थित घरमै नागरिकता प्रदान गरिएको हो।
नगरपालिकाका मेयर सुरेन्द्र उदासले नागरिकता हस्तान्तरण गरेका हुन्। नागरिकता हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यलय प्रमुखा बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं उपस्थिति थियो।
‘हेर्ने कथा’ नामक युट्युब च्यानलमा प्रशारण भएको ‘हराएका वर्षहरू’ कथा सार्वजनिक भएपछि चर्चामा आएका प्रकाश शनिबार भोजपुर पुगेका थिए।
नागरिकता लिएर उनी काठमाडौँ फर्कने कार्यक्रम छ। काठमाडौँ फर्किएर प्रकाशले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ।
प्रकाशलाई तीन दशकबढी आश्रय दिएका साहु टसि दोर्जे लामाले खाता खुलेपछि १० लाख रकम जम्मा गरिदिने प्रतिबद्धता जनाएर न्यानो बिदाइसहित चुमभ्यालीबाट बिदा गरेका थिए।
चुमनुब्री गाउँपालिकाले पनि उनलाई १ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ।
यस्तै, प्रकाशका लागि सोही क्षेत्रका सांसद सुदन किराँतीको नेतृत्वमा घर समेत निर्माण हुने भएको छ।