समाचार

पोखर १२ का सरकारी स्कुलमा संस्कार शिक्षा

पोखरा महानगरपालिकाले वडा नं. १२ ले पनि आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा संस्कार शिक्षा पाठ्यक्रम लागू गर्ने भएको छ । वडाका सबै सामुदायिक विद्यालयमा कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागू गर्न लागिएको हो । पूर्वीय दर्शनका अध्यता तथा व्याख्याता डा केएन स्वामीले तयार पारेको संस्कार शिक्षा पोखरा महानगरपालिकाबाहेक अन्य केही स्थानीय तहले लागू गर्ने तयारी गरिरहेका छन् । अमरसिंह माविले यही शैक्षिक सत्रदेखि संस्कार शिक्षा सुरु गरेको विद्यालय… पुरा पढौ

‘गिद्ध र लाटोकोसेरो मान्छेका मित्र’

पोखरा, ३ जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस पोखराका संरक्षणकर्मीले समेत मनाएका छन् । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको आयोजनामा बिहीबार गिद्ध र लाटोकोसेरोबारे विद्यार्थीलाई प्रशिक्षण दिइएको हो । विन्ध्येश्वरी माध्यमिक विद्यालय पोखरा १९ का विद्यार्थीलाई संरक्षणकर्मी कृष्णमणि बरालले प्रशिक्षण दिएका हुन् । बरालले विश्वमा २३ प्रजातिका गिद्ध पाइनेमा नेपालमा ९ प्रजातिका गिद्ध रहेको जनाए । उनले भने, ‘नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये सबै पोखरामा पाइन्छन् । तर विविध कारणले… पुरा पढौ

सन्दीप विश्वकप खेल्न जाने

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्धामा सन्दीपलाई सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ । हामी १०० प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौं । क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई पठाउछ, क्यानका कोषाध्यक्ष पदम खड्काले भने । आईसीसीको नियम अनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छन् । पुरा पढौ

सन्दीप लामिछानेले पाए सफाइ

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले… पुरा पढौ

फेवातालमा क्रस लेक खुला पौडी प्रतियोगिता

पोखरामा पहिलो पटक आयोजना भएको ‘प्रथम क्रस लेक खुल्ला पौडी प्रतियोगिता’ मा पुरुषतर्फ अभय अधिकारी र महिलातर्फ रुबी तामाङ प्रथम भएका छन् । गण्डकी प्रदेश पौडी संघले शनिबार फेवाताल किनारमा आयोजना गरेको प्रतियोगितामा दुवै विधामा गरी ३७ जना सहभागी थिए । पुरुषतर्फ अर्जुन नेपाली दोस्रो, ऋषि पौडेल तेस्रो बन्दा महिलातर्फ लसता श्रेष्ठ दोस्रो र युनिशा कुँवर तेस्रो ठहरिए । दुवै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, ८… पुरा पढौ

मातातीर्थ औंसीमा अम्बिकाको नयाँ गीत (भिडियोसहित)

मातातीर्थ औंसीको अवसरमा गायिका अम्बिका भण्डारीको नयाँ गीत बजारमा आएको छ । यही वैशाखमा सासूआमा र केही वर्षअघि आमा गुमाएकी अम्बिकाले आमाहरुप्रति समर्पित गर्दै ‘आमाको मन’ बजारमा ल्याएकी हुन् । उनको आफ्नै युट्युब च्यानलबाट गीतको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको हो । विदेश जाने छोराछोरी र आमाको पीडा गीतमा समेटिएको छ । गायिका भण्डारीका छोराबुहारी र छोरीसमेत यही वर्ष परदेशिएका छन् । गायिका अम्बिकाले आफ्नो जस्तै धेरै नेपालीका पीडालाई गीतमार्फत्… पुरा पढौ

पोखरामा पार्किङ गरिएको बसमा सामूहिक बलात्कार, ३ पक्राउ

मंगलबार कास्की प्रहरीले सामूहिक बलात्कार आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी–९, कास्कीका ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी–१२ का ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँमा २९ वर्षीय विनोद परियार छन् । मंगलबार बिहान पोखराको अमरसिंहचोकको खेलकुद मैदानमा पार्किङ गरिएको ग१ख६५९५ नम्बरको बसबाट तीनै जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । सोमबार राति एक महिलालाई खाजा खान जाऊँ भनी फकाएर पार्किङ गरी राखिएको बसमा लगी मदिरा… पुरा पढौ

वर्ल्ड लिङ्कले ट्राफिकलाई गर्‍यो सहयोग

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क नेटवर्क प्रालिले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई सहयोग गरेको छ । कास्की ट्राफिकको अनुरोधका आधारमा ६५ थान ट्राफिक व्यवस्थापनका लागि सहयोगी सामाग्री आइतबार वर्ल्ड लिङ्क, पोखराले प्रदान गरेको हो । कम्पनीका पोखरा पब्लिक रिलेशन म्यानेजर युसफ श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्मालाई सामाग्री हस्तान्तरण गरेका हुन् । म्यानेजर श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ट्राफिकलाई सहयोग गरी सहज ट्राफिक व्यवस्थापनका… पुरा पढौ

ला ग्राण्डीमा सामाजिक उद्धमशिलता तालिम

पोखर-८ सिमलचौर स्थित ला ग्राण्डी ईन्टरनेशनल कलेज र नबिल बैंक लिमिटेडको साझेदारीमा बिगत एक बर्ष देखी सामाजिक उद्धमशिलता सम्बन्धी तालिम संचालन हुँदै आईरहेको छ । नबिल बैंकको Nabil School of Social Entrepreneurship नामको उक्त कार्यक्रम गण्डकी प्रदेशमा ला ग्राण्डी ईन्टरनेशनल कलेजले संचालन गर्दै आइरहेकोमा तेस्रो संस्करणको  अभिमुखीकरण यवम् उद्घाटन समारोह २०८०, मङ्गसिर 09, गते शनिबारका दिन सम्पन्न भएको छ । गण्डकी प्रदेश भित्र रहेका युवाहरुलाई लक्षित गर्दै उद्धमशिलता बिकासको लक्ष्य… पुरा पढौ

पामेका अनधिकृत संरचनामा महानगरको डोजर

पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेम बहादुर नेपाली र नारायण बहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी बलले हटाइदिएको छ । मादी गाउँपालिका वडा नं.२ का स्थायी बासिन्दा प्रेम बहादुर नेपाली र कास्कीकोट २४ बस्ने नारायण प्रसाद परियारले २०८० कात्तिक १२ गते ४ महिना विद्यालयको जग्गा खालि गर्ने शर्तनामा गरेका थिए । सोही सर्तनामा बमोजिम उनीहरूलाई विद्यालयको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं