
नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको निर्वाचनमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकटका इन्जिनियरहरुले संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।
शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा ३ दल निकट इन्जिनियरहरुले संयुक्त उम्मेदवारी दर्ता गराएका हुन् । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन), नेपाल राष्ट्रिय इन्जिनियर संगठन (नियोन) र समाजवादी इन्जिनियरिङ एसोसिएसन (सिन) नेपालको तर्फबाट केन्द्रीय सदस्यमा राम चन्द्र पोखरेलको उम्मेदवारी दर्ता भएको छ ।
प्रदेश सभापतिमा महेन्द्रबहादुर गोदार, उपसभापतिमा कृष्ण रिजाल, सचिव आनन्द भट्टराई, सहसचिव अस्मिता खनाल र कोषाध्यक्षमा सोभित श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
सदस्यमा मनोजकुमार सिंह, पदमलाल अधिकारी, सुवास शर्मा, सन्जय सुवेदी, कालीदास सापकोटा, प्रदीप अर्याल, विवेक भट्टराई, ईश्वर भण्डारी, सञ्जय लामिछाने र सुदर्शन ढकालको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्तापश्चात सभापति पदका उम्मेदवार गोदारले आम इन्जिनियरहरुको पेशागत हकहिको संरक्षण गर्दै एसोसियसनको साख उचो राख्ने प्रतिवद्धता गरे ।
नेपाल इन्जिनियर्स एसोसियसन को ३४ औँ केन्द्रीय कार्यसमिति र तेस्रो प्रदेश कार्यसमितिको निर्वाचन भदौ २८ गते हुँदै छ । गण्डकीमा १ हजार ५ सय ५१ मतदाता छन् ।