नेपाली भाषा शिक्षक परिषद्काे माविस्तरीय हिज्जे प्रतियाेगिता

`भाषा सभ्यताको संवाहक हो´भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षक केन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रमका साथै भाषिक अनुसन्धानमुलक कार्य गर्दै आएको नेपाली भाषा शिक्षक परिषद्, कास्की, नेपालले श्रावण २५ र २६ गतेका लागि आयोजना गरेको माध्यमिक तह स्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

कास्की प्याब्सनको सभाहलमा सम्पन्न उक्त प्रतियोगिताबाट जम्मा सहभागी ५९ थिए । प्रतियोगितामा न्याश्नल इन्भे न्टिभ मावि प्रथम, भाष्कर मा.वि.द्वितीय, ग्लोबल कलेजियट तृतीय , केफ मा.वि.चतुर्थ र मदरल्याण्ड मा.वि.र शान्तिबाटिका मा.विले सान्त्वना स्थान हात पारेका छन् ।

प्रतियोगिताका निर्णायकको भूमिकामा नेपाली भाषा शिक्षक परिषद्का सल्लाहकार डोलराज अर्याल , उपाध्यक्ष बिक्रम पौडेल, महासचिव शिवहरि सुवेदी, सचिव नारायण पराजुली, शशिशिशिर ढुङ्गाना लगायत थिए ।

प्रतियोगितामा शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिकाप्रसाद आचार्यले यस्ता कार्यक्रमले विद्यार्थीमा नेपाली भाषाका शब्दभण्डारको विकास हुनुका साथै भाषिक प्रयोगको क्षमता वृद्धि हुने धारणा राखे ।

कार्यक्रममा नेपाली भाषा शिक्षक परिषद्का सल्लाहकार प्रा.डा. रामनाथ ओझा, उप प्रा. डा .बोधराज ढकाल, प्याब्सन कास्कीकर अध्यक्ष मथुराप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष डिल्लीराम अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष विक्रम पौडल, वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्साल, सचिव नारायणप्रसाद पराजुलीले पनि बाेलेका थिए ।