
सिर्जनशील कलाकार समूह कास्कीको २१ औं साधारणसभा तथा अधिवेशनले दलबहादुर(डिबी) गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ ।
शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा झविन्द्र गुरुङ, महासचिव हेमकान्ति गुरुङ, सचिव निशान थापा र कोषध्यक्षमा रिकबहादुर गुरुङ छन् । सदस्यमा देवेन्द्र गुरुङ, शिव सिर्पाली, युवराज लामिछाने, सुदिन श्रेष्ठ, सुरेन्द्र अधिकारी र बाबुराम बस्ताकोटी निर्वाचित भएका छन् ।
अजय श्रेष्ठको संयोजकत्वमा विश्वेश्वर पराजुली, लोकप्रसाद गुरुङ र बुद्धि गुरुङ सदस्य रहेको निर्वाचन मण्डलले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो ।