माछापुच्छ«े गाउँपालिकामा पर्ने मर्दी हिमालको बेस क्याम्पमा शुक्रबार मानव अवशेष फेला परेको छ । अवशेष पुस १४ गतेदेखि सम्पर्कविहीन २२ वर्षीय माइकल लिउको भएको खुलेको छ ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले अवशेष लिउकै भएको पुष्टि भएको उल्लेख गर्नुभयो । “उहाँको परिवारले भेटिएका कपडाको ब्रान्ड, मोवाइल आदिको फोटो र भिडियोको आधारमा अवशेष लिउकै भएको पुष्टि गर्नु भएको छ,” थापाले भने ।
अवशेष ल्याउन आइतबार बिहान प्रहरी टोली त्यसतर्फ लागेको छ । बेसक्याम्पको लामडाँडामा हाड, आइफोन र केही कपडा फेला परेका छन् । टोली त्ययहाँ पुग्न दुई दिन लाग्ने बताइन्छ ।
स्थानीय भेडीगोठाला गोविन्द गौतम र होटल व्यवसायी चिमनारायण गौतमले अवेशष फेला पारेका थिए । आइतबार पालिकामा भएको छलफलपछि माछापुच्छ«े गाउँपालिकाले उनीहरलाई फेरि त्यहाँ पठाएको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष हरिबहादुर क्षत्रीले बताए ।




