
तामाङ बौद्ध सेवा समिति पोखराले डा दिनेश स्याङबो तामाङलाई सम्मान गरेको छ । तामाङले इटालीको सियाना विश्वविद्यालयबाट फाइभ जी प्रविधिमा विधावारिधि हाँसिल गरेका छन् ।
गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ लगायतले उनलाई सम्मान गरेका हुन् । कुलपति गुरुङले सक्षम व्यक्तिलाई देशमै अडिइरहने वातावरण सृजना अहिले पनि नभएको भन्दै चिन्ता जनाए ।
हरेक क्षेत्रमा नातावाद र कृपावाद हावी रहेको सुनाउँदै उनले लाखौं खर्चेर अनेकन संघर्षले अध्ययन सकेर देश फर्केका युवालाई जागिरमा नियुक्ति गर्दा कुन पार्टीको, कसको मान्छे भनी हेरिने गरेको उनको भनाइ छ । कुलपति डा गुरुङले थपे, ‘यो भन्दा दुखद के हुन सक्छ ? सक्षम व्यक्तिले देशमा क्षमता अनुसारको पारिश्रमिक नपाउनु अर्को दुखद पक्ष हो ।’
हरेक मानिसमा मानवता, सामाजिक र राजनैतिक चेतना हुने भने महŒवपूर्ण भएको टिप्पणी गरे । सम्मानित व्यक्तित्व डा तामाङले आफ्नो शैक्षिक यात्राको अनुभव सुनाए ।
संस्थाका अध्यक्ष विष्णु योञ्जन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ संघीय घेदुङका उपाध्यक्ष दीपक तामाङ, जिल्ला घेदुङ कास्की सचिव मीनमाया तामाङ, महानगर घेदुङ पोखराका प्रमुख सल्लाहकार टेकबहादुर स्याङ्बो, उपाध्यक्ष शेरजङ वाइबा, सचिव पवित्रा तामाङ लगायतले बोलेका थिए ।