सिन्धुली, गोलान्जोरमा बाेलेराे सुनकाेशीमा खस्याे

सिन्धुली, गोलान्जोर गाउंपालिका- १ मध्य पहाडी लोकमार्ग स्थित कुडेलेमा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नं. नखुलेको डबल क्याप बलेरो गाडी सुनकोशी नदिमा पाैने ६ बजे खसेर बेपत्ता भएको छ ।


दुर्घटना भएको खवर प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन बेश खुर्कोटबाट गोताखोर सहित १० जनाको टोली खटिएको छ । उक्त गाडीमा ४ जना सवार मध्ये १ जना रोडमा हामफाल्दा सामान्य घाईते भएका छ्न् । अहिले गोताखोरले खोजी शुरु गरेको छ । विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।