
Symbolic pix
निरन्तरको वर्षापछि आएको पहिरोमा परी पोखरा महानगरपालिका वडा नम्बर २७ मा एक जनाको ज्यान गएको छ ।
बुधबार बिहान ४ बजेतिर सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा पुरिएर पोखरा २७ का २२ वर्षीय भीमहादुर थापाको ज्यान गएको हो ।
मनबहादुर थापाको कच्ची घर माथिबाट आएको पहिरोमा परी उनका छोरा भीमको मृत्यु भएको हो ।
भीमबहादुरकी आमा ५० वर्षीयच कमला थापाको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।
नेपाल प्रहरी र स्थानीयले बुधबार बिहान ७ बजे भीमको शव मृत अवस्थामा फेला पारेका हुन् । मनबहादुर भने गए राति अन्यत्र पाहुना गएकाले जोगिएका छन् । अहिले त्यहाँ उद्धारमा सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।