घेदुङ प्रदेश पदाधिकारी सम्मानित

नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिद्वारा बधाई तथा सम्मान कार्यक्रम नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष दीपक तामाङको प्रमुख आतिथ्यता तथा संस्थाका कार्यवाहक अध्यक्ष कुमार थिङ तामाङको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रम उदघाटन गर्दै संघीय उपाध्यक्ष दीपक वाईबाले आदिवासी जनजातिमध्ये तेस्रो ठूलो जनसंख्या भएको जाति भएता पनि राजनीतिक, आर्थिक, प्रशासनिक, शैक्षिक लगायत राज्यको महत्वपूर्ण अंगहरुमा तामाङको पहुँच एकदमै नगन्य मात्र रहेको सुनाए ।

समितिले हालै सम्पन्न नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशको अधिवेशनबाट नवनिर्वाचित उपाध्यक्ष रामबहादुर ब्लोन तामाङ (शिबु), सचिव मनीष माम्बा र सदस्य प्रेम लोप्चनलाई सम्मान गरेको थियो । कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रमुख सल्लाहकार टेकबहादुर तामाङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद कास्कीका उपाध्यक्ष मिनमाया तामाङ, केन्द्रीय पूर्वसदस्य हरिमान थिङ, केन्द्रीय पूर्वकावा अध्यक्ष कुमबहादुर योञ्जन लगायत वक्ताले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मानित व्यक्तित्वद्वय गण्डकी प्रदेशका नवनिर्वाचित सचिव मनीष माम्बा तामाङ र उपाध्यक्ष रामबहादुर ब्लोन (शिबु) ले पनि आ–आफ्नोतर्फबाट मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाले आफ्नो माताहतका र इकाईहरु रिठ्ठेपानी तामाङ इकाई समिति र सिम्पानी तामाङ इकाई समितिका नवनिर्वाचित अध्यक्ष पूर्णशिला स्याङ्बो र वीरबहादुर थोकरलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कविता योन्जनको थियो । कार्यक्रम सञ्चालन संस्थाकी सचिव अन्जना डुम्जनले गरेकी थिइन् ।