नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कास्कीको जिल्ला कमिटीले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । शुक्रबार भएको जिल्ला कमिटी बैठकले पालिका र निर्वाचन क्षेत्रहरुका सेक्रेटरी चयन गरेको हो ।
नेकपा कास्की सेक्रेटरी उमेश सीले कास्की १ को सेक्रेटरीम कुमार सी, कास्की २ को जिम्मा जिल्ला कार्यालय र कास्की ३ को सेक्रेटरीमा सोममाया सीलाई जिम्मेवारी दिइएको बताए । रुपाको सेक्रेटरीमा प्रशान्त सी, मादीमा गंगा सी र अन्नपूर्णमा खुसीमान सीले जिम्मेवारी पाउँदा पोखरा महानगर र माछापुच्छ«ेलाई जिल्ला कार्यालयले नै हेर्ने निर्णय भएको छ ।
बैठकले एक्यापको विवाद, बेगनासतालमा डुंगा व्यवसायीको विवाद र फेवातालको मापदण्डबारे अध्ययन गरी सम्पदा संरक्षण गर्दै जनपक्षीय काम गर्ने निर्णय लिएको छ । बैठकबाट अनेमसंघ क्रान्तिकारी कास्की संयोजकमा सीता सी, तमु मुक्ति मोर्चा कास्की संयोजकमा खुसीमान सी, मगर मुक्ति मोर्चा कास्की संयोजकमा मीलन सी, उत्पादन विभाग संयोजकमा सोममाया सीलाई जिम्मेवारी दिएको छ ।
नेकपा कास्की बनाएको अनुशासन तथा अनुगमन विभागको संयोजकमा किसान सी छन् भने पुष्प सी र कर्ण सी सदस्य छन् । बैठकले जेठ ७ गते बेपत्ता योद्धा दिवस मनाउने र १३ गते सहकारी पीडितलाई न्याय दिन माग गर्दै ¥यालीसहित कोणसभा गर्ने निर्णयसमेत लिएको छ ।
बैठकमा नेकपा स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज शिलु सीले पछिल्लो विकसित परिस्थितिसँगै पार्टीले नेपाली विशेषताअनुरुपको समाजवादमा पुग्ने मार्गचित्र तय गरेको जनाइन् ।
नेकपा कास्की इन्चार्ज आस्था सीले नेकपाप्रति जनताले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी नेता, कार्यकर्ताले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । नेकपा म्याग्दी इन्चार्ज राजन सीले संगठन सुदृढीकरण गर्दै एकीकृत जनक्रान्तिलाई सफल बनाउने बाटोमा अघि बढ्न निर्देशन दिए ।