ला ग्राण्डीमा सामाजिक उद्धमशिलता तालिम

पोखर-८ सिमलचौर स्थित ला ग्राण्डी ईन्टरनेशनल कलेज र नबिल बैंक लिमिटेडको साझेदारीमा बिगत एक बर्ष देखी सामाजिक उद्धमशिलता सम्बन्धी तालिम संचालन हुँदै आईरहेको छ । नबिल बैंकको Nabil School of Social Entrepreneurship नामको उक्त कार्यक्रम गण्डकी प्रदेशमा ला ग्राण्डी ईन्टरनेशनल कलेजले संचालन गर्दै आइरहेकोमा तेस्रो संस्करणको  अभिमुखीकरण यवम् उद्घाटन समारोह २०८०, मङ्गसिर 09, गते शनिबारका दिन सम्पन्न भएको छ ।

गण्डकी प्रदेश भित्र रहेका युवाहरुलाई लक्षित गर्दै उद्धमशिलता बिकासको लक्ष्य राखी हरेक ३ महिनामा सामजिक उद्धमशिलताका बिभिन्न बिधाहरुमा बिषय बिज्ञ तथा प्रशिक्षकहरुद्वारा प्रशिक्षण गरिने जानकारी गराउँदै तेस्रो संस्करणमा नोभेम्बर 25 देखी २१ वटा सेसनहरू संचालन भइरहेको कलेजका उप प्राध्यापक तथा तालिम संयोजक अमृत पौडेलले जानकारी दिनुभयो ।

नविल बैंक पोखरा शाखाका म्यानेजर प्रदिप पहारीले स्वागत मन्तब्य तथा उक्त प्रिशक्षण बारे प्रकास पारेका थिए ।त्यस्तै पोखरा शाखा प्रबन्धक, प्रदीप उपाध्याय पहारी द्वारा आफैमा सिप बिकास भएमा आत्मा निर्भर भएर अघी बढ्न सक्ने र हाल ब्याप्त रहेको आयातित बस्तुहरु प्रतिको निर्भरताको बिकल्पमा आत्मनिर्भरताको बाटो पहिल्याउँदै सामान्य ढङ्गबाट ब्यवसाय संचालन भन्दा पनि उद्धमशिलताको सोचबाट नविनाताको बिकास हुने हुँदा यस किसिमको प्रशिक्षणको औचित्य पुस्टी भएको बताउनु भयो । कार्यक्रममा हाल युवाहरु बिदेश जाने र नफर्कने क्रम बढे सङ्गै आगामी दिनमा देशमा आउन सक्ने ठुलो चुनौतिलाई सामना गर्न यस किसिमका उद्धमशिलता बिकासका तालिमहरुले व्यक्तिमा उत्प्रेरणा जगाउँने र नविन सोच भएकाहरूलाई यही नै अवसर मिल्ने नबिल बैंक क्लस्टर हेड, हरि ढकालले बताउनु भयो ।

कार्यक्रमका कलेजका उप प्राध्यापक तथा तालिम संयोजक अमृत पौडेललेले बिगत २४ बर्ष देखी गुणस्तरिय शिक्षा प्रदान गर्दै आएकोमा सम्पुर्ण ब्यवस्थापनको जिम्मेवारी बहन गर्दै सामाजिक उत्तरदायित्त्व अन्तरगतको यस किसिमको कार्यक्रमले कलेजको समाज प्रतिको दायित्त्व अझ उजागर गरेको बताउनु भयो ।

पोखरा विश्वविध्यालयद्वारा अनुबन्दित तथा आइ एस ओ गुणस्तरबाट प्रमाणित उक्त कलेजमा स्नातक तहको आइटी तर्फ बिसिए, ब्यवस्थापनमा बिबिए र जनस्वास्थ्यमा बिपिएचको पढाई हुने गर्दछ ।