नयाँ बर्ष आयो समुत्साह छायो
सबैमा नयाँ हर्ष उल्लास आयो ।
सबै बृक्षमा पालुवाले सजायो
सबै वागमा फूल वास्ना उदायो ।।
उता कोयली कुञ्जमा गीत रच्ने
अलापेर मीठो नयाँ प्रीत गास्ने ।
नयाँ प्रेममा मग्न डाफे मुनाल
गरे भृङ्गले फूलमा अङ्कमाल।।
फुले वागमा फूल लाखौं रमाई
फुले आम लीची किवि फल सजाई ।
गुराँसै फुली उच्च पहाडी भेक
शिरै रङ्गिएका बधूझैं छ लेक ।।
हिमाली कुना कन्दरा रङ्गि चङ्गी
फूलै फुलमा मुग्ध छन् मस्त भृङ्गी ।
सबै छन बढेका नयाँ सिर्जनामा
छ वासन्तिकाे दिव्य शाेभा धरामा।।
कथा,काव्य मीठा र सङ्गीत, गीत
नयाँ झ्याउरेमा छ माधुर्य प्रीत ।
विनायाे र मादल, दुकी,हार्माेनीमा
छ मीठाे ध्वनी बाँसुरी सिर्जनामा ।।
असत्बाट ब्यूँझेर सत्मार्ग जाऊँ
अँध्यारो सबै त्यागी ज्याेेती जगाऊँ।
नखाने सबै त्यागी पीयूष खाऊँ
सबै दीर्घजीवी भई देश् बचाऊँ।।
नयाँ बर्ष आयाे नयाँ सिर्जनामा
रमाऊँ सबै अाज हामी धरामा ।