न्यूरोडमा खुल्यो बेरी लाउन्ज एण्ड बार

पोखरा न्यूरोडमा बेरी लाउन्ज एण्ड बार सञ्चालनमा आएको छ।सो लाउन्ज एण्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको हो।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संगठन किवानिज क्लब अफ पोखराको समूहले बेरी लाउन्ज एण्ड बार संचालनमा ल्याएको हो । क्लबका संस्थापक अध्यक्ष तथा किवानिज डिष्ट्रिक्टका लेफ्टिनेन्ट गभर्नर नवीन पौडेलले सय वर्षभन्दा लामो इतिहास भएको अन्तर्राष्ट्रिय क्लब किवानिजले पोखराका मन मिल्ने युवा व्यवसायीलाई एकजुट गरी केही गर्न खोजेको जनाए ।

बालबालिकाको क्षेत्रमा मिलेर काम गर्ने र सोही समूहले व्यवसायिक ढंगले पनि पृथक काम गर्न करिब २ करोड लागतमा लाउन्ज सञ्चालनमा ल्याएको हो । केही महिनाअघिदेखि सञ्चालनमा आएको बेरी नयाँ वर्षको सुरुवातसँगै सफ्ट ओपनिङ चलिरहेको छ ।

शनिबार ग्रान्ड ओपनिङ रहेको सञ्चालक सुमेश बास्तोलाले जानकारी दिए। विभिन्न सांगीतिक कार्यक्रम, लाइभ म्युजिकसहित ग्रान्ड ओपनिङ गर्न चर्चित नायिका वर्षा राउत आउँदै छिन् ।

न्यूरोडमा अन्यत्रको तुलनामा गुणस्तरीय र सस्तो दरमा सेवा दिने उद्देश्यले बेरी सञ्चालनमा ल्याइएको क्लबका अध्यक्ष सुबास अधिकारीको भनाइ छ ।यहाँ सस्तो मूल्यमा उत्कृष्ट खाना र पेय पदार्थहरु उपलब्ध गराउने लक्ष्य छ ।

कफी सफ र अन्य स्वादिष्ट खानासँगै ७० जना क्षमताको हल र दुई सय जनासम्मलाई पार्टी दिन सक्ने क्षमता रहेको अधिकारीले जनाए ।