हम्रो बहुउद्देश्यीय सहकारीको रजत जयन्तीको उत्सवको अबसरमा रक्तदान

गणेश पहारी । पोखरा,बैशाख १३ । पोखरा महानगर पालिका वडा नं ८ न्युरोडस्थित हाम्रो बहुृृउद्देश्यीय सहकारी संस्थाले विहिबार २५ औ बार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा “रक्तदान” कार्यक्रमको आयोजना गर्यो ।


संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन गरिएको थियो ।


कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि तथा सल्लाहकार बोधराज पौडेलले पहिलो रक्त दाता तथा शेयर सदस्य पवित्रा मणि भण्डारीलाई बलड ब्याग हस्तारन्तरण गरि सुभारभ्भ गरिएको थियो ।


प्रमुख अतिथि पौडेलले “रक्तदान जत्तिको पवित्र कार्य अन्य ृनहुने” बताए । उनले सहकारीले गरेको कामको प्रशंसा गरे । अध्यक्ष पौडेलले “रक्त दान जिवन दान” भन्ने नारालाई सार्थक बनाउनका लागि ‘रक्तदान’को बारेमा स्थानिय स्तरमा प्रचारप्रसार गरि महत्व बुझाउनु पर्नेमा जोड दिए ।


संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक प्रकाश क्षेत्रिले सामाजिक उत्तरदायित्व अन्र्तरगत संस्थाले बिभिन्न सामाजिक कार्य गर्दै आएको बताए । उपाध्यक्ष क्षेत्रीले सामाजिक कार्यलाई संस्थाले आगामी दिनमा पनि निरन्तरता दिने सुनाए ।
सचिब नरेश तिमिल्सीनाले रक्तदान जत्तिको महत्वपूर्ण र पवित्र कार्य अन्य नहुने भन्दै रगतको महत्व र आवश्यकता सबैलाई बुझाउनुपर्नेमा जोड दिएका थिए ।


उपाध्यक्ष प्रकाश क्षेत्रिको सभाअध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतब्य कोषाअध्यक्ष पिताम्बर (विनय) पराजुलिले गरेको कार्यक्रममा सल्लाहकार महेन्द्रराज अधिकारी, सल्लाहकार उमनाथ बराल, सल्लाहकार रमेश पौडेल, प्रमुख ब्यवस्थापक शिव शर्मा वाग्ले, लेखा संयोजक राजुराज पौडेल,ऋण संयोजक गणेश पहारी, ऋण समितिका सदस्य क्या कृष्ण बहादुर गुरुङ र शिक्षा उप समिति संयोजक कमला सुवेदी लगाएतले संस्थाले गरेको कार्यको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यलाई संस्थाले आगमी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका थिए ।