फागूपूर्णिमामा रापाकोट पोखरा सम्पर्क समाजको साधारण सभा

स्याङ्जा रापाकोट पोखरा सम्पर्क समाजको चौधौँ साधारण सभासँगै पारिवारिक भेटघाट एवम् होली विशेष कार्यक्रम आइतबार भएको छ ।

कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले गाउँभन्दा बाहिर रहेका युवाले गाउँको विकास र त्यहाँको परिवर्तनमा उल्लेख्य भूमिका खेल्न सक्ने बताए । पालिकाको समृद्धिमा सहकार्य गर्दै रचनात्मक सुझाव, सल्लाह दिन उनले आग्रह गरे ।

संस्थाका अध्यक्ष गोविन्द काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष महेश्वर रिमाल, संरक्षक हेमनारायण चापागाईँ , अर्जुनचौपारी पोखरा सम्पर्क समाजका अध्यक्ष जमुना काफ्ले चापागाईँ , सल्लाहकारहरू डा टेकनारायण पौडेल, ईश्वरीप्रसाद लम्साल, निवर्तमान अध्यक्ष मेघनाथ काफ्ले, अर्जुनचौपारी पोखरा साकोसका अध्यक्ष डा भवानीशङ्कर पौडेल, दरौंखोला सामीप्य समाजका अध्यक्ष बोधराज गौतम, आरुचौर एकता समाजका अमृत घिमिरे, समाजका सचिव प्रेमलाल लम्साल लगायतले बोलेका थिए ।

सभामा कोषाध्यक्ष सीता चापागाईंले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा साबिकको रापाकोटबाट पोखरा आइ बस्ने र विभिन्न पेसा, व्यवसायमा संलग्न व्यक्तिहरूको उपस्थिति थियो ।

सहभागीले आपसमा फागूपूर्णिमा समेत मनाएका थिए । समाजका अध्यक्ष काफ्लेले गाउँको विकासमा सहकार्य, आपसी सम्बन्ध विस्तार र दुःखसुख बाड्ने परिवारका रुपमा संस्थाका विकास गर्न खोजिएको बताए ।