
साना किसान सहकारी सस्था लिमिटेडको आयोजनामा सस्था संचालन तथा सेवा व्यवस्थापन सम्बन्धि एक दिने अन्तरक्रियात्मक छलफल कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ |
कास्की जिल्ला स्तरीय कार्यसम्पादन सल्लाहकार समुहका संयोजक एव साना किसान सहकारी सस्था ,भरतपोखरीका अध्यक्ष रामजीप्रसाद अधिकारीको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य एव पुर्व मुख्य मंत्री खगराज अधिकारीले सहकारी सस्थाहरुमा समस्या आउनुको प्रमुख कारण शेयर सदस्यको वेवास्ता भएको बताउदै यत्ति ठुलो शेयर सदस्य भएको साना किसान सहकारी सस्थाको व्यवस्थापन पक्ष सवल हुनुका साथै शेयर सदस्य चनाखो भएकाले पनी सस्थाले शेयर सदस्य मुखी सेवा दिन सकेको बताएका थिए |
कास्की जिल्ला स्थित साना किसान सहकारी सस्था लिमिटेडका बिभिन्न शाखा र केन्द्रका अध्यक्ष ,संचालकहरु ,लेखा समितिका पदाधिकारीहरु ,अन्तर समुहका अध्यक्ष तथा कर्मचारी गरी २०० जना सहभागी थिए |
सहकारीको सेवा प्रवाहका विषयका केन्द्रीत छलफल कार्यक्रममा,गण्डकी प्रदेश सभा सदस्य मा वेदबहादुर गुरुङ , रास्ट्रीय सहकारी महासंघका उपाध्यक्ष खेमबहादुर पाठक,रास्ट्रीय सहकारी महासंघका संचालक समिति सदस्य कमला कुमारी सुबेदी ,साना किसान विकास लघुवित्त वित्तीय सस्था लीका प्रवन्धक विदुर अर्याल ,कर्मचारीहरु थमन कालाभोकी र किस्वर अधिकारी लगाएतको उपस्थिती रहेको थियो |
सस्थाकै कमला कुमारी सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम महिला साना किसान कृषी सहकारी सस्थाका प्रवान्धन इन्द्रा कुमारी थापाले कार्यक्रम संचालन गरेका थिए |
साना किसान सहकारी सस्था अन्तर्गत कास्की जिल्ला भित्र सराङ्गकोट,लाहाचोक ,धिताल ,अर्मला ,पुरुन्चौर ,थुमाको डाडा ,वेगनास ,माझठाना ,पार्चे ,भरत पोखरी ,निर्मलपोखरी ,रुपाकोट ,अन्नपूर्ण गापा लगाएतमा सस्थाका विभिन्न इकाई मार्फत सेवा प्रदान गरीदै आएको साना किसान सहकारी सस्थाको कर्मचारी नारायणी गौतमले जानकारी गराएका थिए |