रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै थप सात नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।
मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ्, जाजरकोटका नवीन शाही, उदयपुरका पदम बहादुर शाही, झापाका गंगा राम अधिकारी, बाग्लुङ्गका जितबहादुर विक, बाँकेका संजय के।सी र रसुवाका सुन्दर मोक्तान छन्।
रुसी फौजमा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउनका लागि सरकारले उच्च प्राथमिकता साथ कूटनीतिक पहल जारी राखेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
परराष्ट्र मन्त्रालयले ज्यान गुमाएका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरेको छ ।