दिपेश पुन पक्राउ

प्रहरीले सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले शुक्रबार साँझ उनलाई पक्राउ गरेको हो ।

यसअघि, शुक्रबार साँझ भएको मन्त्रिपरिषद् बैठकले सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले बनाएको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयनमा लैजाने निर्णय भएको हो ।