फ्याफुल्ला विकल्प महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना र तामाङ बौद्ध सेवा समितिको व्यवस्थापनमा नेतृत्व विकासका लागि सकारात्मक सोच विषयमा प्रशिक्षण दिइएको छ । १ सय १४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाको नेतृत्व र व्यक्तित्व विकासका लागि तालिम आयोजना गरिएको हो ।
तालिममा प्रशिक्षक विकास देव योञ्जनले के बोल्ने भन्नेभन्दा पनि कसरी बोल्ने भन्ने बढी महत्वपूर्ण भएको जनाए । विषयवस्तुको ज्ञान भएर पनि बोल्ने कला नहुँदा पछि पर्नुपर्ने अवस्था आउने उललेख गर्दै उनले थपे, ‘तपाईसँग शैक्षिक योग्यता छ, अन्य सीप र कला छ भने त्यसमा बोल्ने कला एउटा थप्न अत्यन्त जरुरत छ ।’
फ्याफुल्ला सहकारीका अध्यक्ष विष्णु योञ्जन तामाङले तालिम उद्घाटन गरेकी थिइन् । कार्यक्रममा सल्लाहकार कुमबहादुर योञ्जन तामाङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् कास्की उपाध्यक्ष मीनमाया डुम्जन तामाङ, तमु प्हे ल्हु संघ केन्द्रीय युवा समितिका पूर्व महासचिव पवित्रा गुरुड र कोको म्हेन्दो साहित्य समाज पोखराका सदस्य मनसुवा स्याङ्बो तामाङ, उपाध्यक्ष शान्ति तामाङ र सचिव पवित्रा थोकर तामाङले बोलेका थिए ।
तालिममा सहकारीका सेयर सदस्यका साथै तामाङ बौद्ध सेवा समितिका सदस्यहरु सहभागी थिए । सहभागीहरुले प्रशिक्षणबाट सकारात्मक ऊर्जा भरिएको जनाउँदै सिकेको सीपलाई व्यवहारमा लागू गर्ने प्रतिवद्धता गरे ।