लायन्स डिस्ट्रिक ३२५ एमः गर्भनरमा धनीरामको मनोनयन

सोमबार द्वितीय भाइस डिस्ट्रिक गभर्नरमा मनोनयन गरेका किशोर बराल, गभर्नर धनिराम बराल र प्रथम भाइस डिस्ट्रिक गभर्नर रत्नप्रसाद पराजुली बाँयाबाट क्रमशः ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ एम नेपालको महाधिवेशन चैत ९ गते पोखरामा हुने भएको छ । आगामी कार्यकालका लागि डिस्ट्रिक गभर्नरसहित प्रथम भाइस डिस्ट्रिक गभर्नर र द्वितीय भाइस डिष्ट्रिक गभर्नरको सोमबार मनोनयन गरिएको छ ।

गभर्नरमा धनीराम बराल, प्रथम भाइस डिस्ट्रिक गभर्नरमा रत्नप्रसाद पराजुली र द्वितीय भाइस डिस्ट्रिक गभर्नरमा किशोर बरालले मनोनयन गरेका छन् । धनीराम अहिलेका प्रथम भाइस डिस्ट्रिक गभर्नर र लायन्स क्लब अफ फिस्टेल सिटी सदस्य हुन् ।

पराजुली लायन्स क्लब अफ काठमाडौँ देउरालीका सदस्य हुन् । उनी अहिले द्वितीय भाइस डिष्ट्रिक गभर्नरका रुपमा कार्यरत छन् । पोखराको लायन्स क्लब अफ गोल्डेन चौतारीका किशोर डिस्ट्रिकको चिफ डिस्ट्रिक एड्भाइजर छन् ।

नोमिनेसन कमिटी चेयरपर्सन मल्टिपल कोअर्डिनेटर धनराज आचार्यको सभापतित्वमा भएको कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्याल उपस्थित थिए । कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नरहरु महेन्द्र पौडेल, विश्वेश्वर आचार्य, भीमलाल पौड्याल र डिस्ट्रिक्ट ३२५ आईका डिस्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, डिस्ट्रिक्ट ३२५ जेका गभर्नर मिलन थापा लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा लेखबहादुर केसी, सजना कोइराला, विष्णु गौतम र टेकनारायण पौडेल, कन्भेन्सनका कन्भेनर दामु अधिकारी, जिएसटी डिस्ट्रिक कोअर्डिनेटर जगन्नाथ तिमिल्सिना, उमनाथ बराल, चूडामणि बराल लगायतले बोलेका थिए । डिस्ट्रिकमा ३२५ एममा १ सय ३९ लायन्स क्लब आवद्ध छन् । ती क्लबमा ३ हजार ५ सयभन्दा बढी लायन्स सदस्य छन् ।