समाचार

वृद्ध भत्ताबाट ४ लाख जम्मा गरी सरस्वती मन्दिरलाई

आफ्नो वृद्ध भत्ता जम्मा गरी एक ८० वर्षीय वृद्धले ४ लाख रुपैयाँ दान गरेका छन् । पोखरा २३ हर्पनका स्थायी बासिन्दा खिमलाल पौडेलले सोही वडाको सिद्धवराह माध्यमिक विद्यालय माझथुममा सरस्वती मन्दिर निर्माणका लागि रकम दान गरेका हुन् । हाल भारतको बनारसमा बस्ने पौडेलले आफूले प्राप्त गरेका रकम र नेपाल सरकारले प्रदान गरेको ज्येष्ठ नागरिक भत्ता जम्मा गरी रकम प्रदान गरेका हुन् । मन्दिर बनाउने इच्छा भएको उनी बेला बखत पोखरा… पुरा पढौ

गुल्मेली समाजमा कमलप्रसादको नेतृत्व

गुल्मेली समाज पोखराको साधारण सभा तथा अधिवेशनले अधिवेशनले कमलप्रसाद न्यौपानकोे अध्यक्षतामा १८ सदस्यीय नयाँ समिति चुनेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रुक्माङन पोख्रेल, उपाध्यक्ष कृष्णप्रसाद ज्ञवाली, सचिव प्रकाश पुन, कोषाध्यक्ष नानु अधिकारी, सहसचिव विक्रम केसी र सहकोषाध्यक्षमा चेतबहादुर घर्ती छन् । सदस्यमा हिमाल ज्ञवाली, दिला पाण्डे, राजन भण्डारी, सीता पौडेल, चिन्तामणि खरेल, साधना पौडेल अर्याल, रामजीप्रसाद ज्ञवाली, रेखा भण्डारी, हेमनाथ ज्ञवाली, शिशिर ज्ञवाली र लक्ष्मी पोख्रेरेल छन् । कार्यक्रममा क्षेत्रीय… पुरा पढौ

जनहितमा चन्द्रावतीको नेतृत्व

पोखरा महानगरपालिका वडा नम्बर ५ मा रहेको जनहित महिला समूहको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले चन्द्रावती गैरे अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चुनेको छ । समूहको उपाध्यक्षमा सरस्वती अधिकारी, सचिव समीक्षाकुमारी लामिछाने, सहसचिव सरिता सुनार र कोषाध्यक्षमा इन्दु सुवेदी निर्वाचित भएका छन् । सदस्यमा शारदा भट्टराई, माया भण्डारी, इन्दिरा आचार्य, सीता सुनार, उमा सुवेदी, दुर्गा अधिकारी, सरिता सुनार र विष्णुकुमारी विश्वकर्मा निर्वाचित भए । संस्थाकी अध्यक्ष गीता पौडेलको… पुरा पढौ

हरिदेवीको ‘चरीको घर’ र रीताको ‘बेरीतका रीतहरु’ सार्वजनिक

साहित्यकार हरिदेवी कोइरालाको बाल कविता सञ्चयन ‘चरीको घर’ र रीता न्यौपाने पहारीको निबन्ध सञ्चयन ‘बेरीतका रीतहरु’ बजारमा आएका छन् । नेपाल स्रष्टा समाजले पोखरामा शनिबार आयोजना गरेको कार्यक्रमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त, कृतिकारलगायतले पुस्तकहरु सार्वजनिक गरे । कोइरालाको दशौं कृति ‘चरीको घर’मा पन्ध्र बालकविता छन् । आफ्ना गीतहरु पढेर बालबालिका समाज र संस्कृतिप्रति परिचित बनून् र समाज र संस्कृतिप्रति सम्मान जागृत होस् भन्ने अपेक्षा गरेको कवि… पुरा पढौ

लुम्लेमा कविता पार्क बन्दै

नेपालको एक मात्र कविता गाउँ कास्कीको लुम्लेमा कविता पार्क बन्ने भएको छ ।समाजसेवी चिनबहादुर केसीले दान गरेको चार आना दुई पैसा एक दाम जग्गामा समितिले उक्त पार्क निर्माण प्रक्रियालाई अगाडि बढाउन लागेको हो । कविता गाउँका प्रणेता विनोद गौचनको ११ औं स्मृति सभाका वक्ताले समिति अल्पकालीन र दीर्घकालीन योजनासहित कविता पार्क निर्माणमा अगाडि बढेको जानकारी गराएका हुन् । कविता गाउँ लुम्ले समितिका अध्यक्ष भरत देवकोटाले कविता पार्क प्रस्तावना २०८१ प्रस्तुत… पुरा पढौ

१२४ को सित्तैमा मधुमेह र टिजी जाँच

सहनशील महिला समूह पोखरा ५, राधाकृष्ण टोलमा शनिबार भएको निशुल्क रक्त परीक्षण शिविरमा १ सय २४ जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी जाँच सित्तैमा गरिएको हो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह र टिजीका समस्या हुने कारण, निदान र उपचार पद्धतिबारे प्रकाश पारे । उनले उचित खानपान,… पुरा पढौ

लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ उद्योग वाणिज्य संघले पुस १८ देखि माघ १ गतेसम्म आयोजना गर्ने २० औं संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराका साथ हुने महोत्सवको ९५ प्रतिशत तयारी सकिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठल २०५८ देखि सुन्तला प्रदर्शनीबाट सुरु भएको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ देखि वार्षिक… पुरा पढौ

पोखरा २८ मा पुस २७ गते बृहत आयुर्वेद स्वास्थ्य शिविर

पोखरा महानगरपालिका वडा नम्बर २८ मा पुस २७ गते बृहत आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ । गण्डकी आयुर्वेद अस्पताल पोखरा २६ ले पोखरा महानगरपालिका वडा नम्बर २८ को समन्वयमा कालिकास्थानमा शिविर गर्न लागेको हो । अस्पतालका प्रमुख डा शंकर गौतमले अन्तरंग सेवा सुरुआतअघि पूर्वतयारीका रुपमा केही स्थानमा शिविरहरु गर्न लागिएको बताए । निशुल्क हुने शिविरमा पेटका समस्या र जोर्नीसम्बन्धी समस्याको आयुर्वेद चिकित्सकबाट जाँचसहित औषधीसमेत प्रदान गरिनेछ । ‘अहिलेसम्म बहिरंग… पुरा पढौ

कास्की कारागारमा निशुल्क शिविर

कारागार कार्यालय कास्कीमा शनिबार कैदी, बन्दीहरुको सित्तैमा सुगर, युरिक, एसिड थाइराइड जाँच गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा शिविर भएको हो । शनिबार भएको शिविरमा २ सय ६० जनाको सित्तैमा रक्त परीक्षण गरिएको छ । ती परीक्षणको रिपोर्ट आगामी बुधबार वितरण गरिने युआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थले जानकारी दिए । ‘आज रगत परीक्षणका लागि स्याम्पल लिइएकाहरुको रिपोर्टसहित विशेषज्ञबाट परामर्श बुधबार दिइनेछ,’ पन्तले भने,… पुरा पढौ

मानवसेवा आश्रममा एसपी ओलियाको भोजनदान

मानवसेवा आश्रम पोखरा हेमजामा आश्रितहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले भोजनदान गरेका छन् । मानवसेवा आश्रम शाखा हेमजामा १ सय ५० जनालाई बिहीबारको दिउँसो पुगी ओलियाले खानाको व्यवस्था गरेका हुन् । मानव सेवाको भावले आश्रितहरुलाई सहयोग गर्न आश्रम पुगेको ओलियाले बताए । मानवसेवा आश्रमका कास्की जिल्ला संयोजक सदिस पुनले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्न लागिपरेको जनाए । उनले विभिन्न तहका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं