समाचार

पोखरा इलेक्ट्रोनिक्समा खरेलको नेतृत्व

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको २४ औं साधारण सभा तथा १२ औं अधिवेशनले चिन्तामणि खरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चुनेको छ । संभको वरिष्ठ उपाध्यक्षमा होमविलास सापकोटा, उपाध्यक्ष जनकराज सुवेदी, महासचिव रामचन्द्र तिवारी, कोषाध्यक्ष दुर्गानाथ लामिछाने र सचिवमा तीर्थराज देवकोटा निर्वाचित भए । सदस्यमा बुद्धिबहादुर थापा, दुर्गा सुवेदी, पदमराज पौडेल, अर्जुन त्रिपाठी, नरेन्द्रराज पण्डित, विदुर बिसी र तारापति सापकोटा (शिव) छन् । नवनिर्वाचित अध्यक्ष खरेलले पोखराका सबै इलेक्ट्रोनिक्स व्यवसायीलाई संस्थामा आवद्ध… पुरा पढौ

गुप्तेश्वर महादेव-मकवानपुर बहुमुखी क्याम्पस सहकार्य

गण्डकी प्रदेशकै उत्कृष्ट क्याम्पस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा र बाग्मती प्रदेशकै उत्कृष्ट क्याम्पस मकवानपुर बहुमुखी क्याम्पस, हेटौडा विच विहीबार दुवै क्याम्पसले सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष तथा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री धर्मराज बरालले क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीका एवम् विद्यार्थीहरुका अनुभवहरु आदान–प्रदान गर्ने, अनुसन्धान कार्यमा सहकार्य गर्ने जस्ता क्रियाकलापले क्याम्पसको गुणस्तरीय शिक्षामा थप बल पुग्ने बताउनु भएको… पुरा पढौ

शिवप्रसाद पाण्डेको प्रच्छन्न इन्द्रिय बजारमा

लेखक तथा जेष्ठ नागरिक समाजका केन्द्रिय सदस्य शिवप्रसाद पाण्डेको पहिलो कथाकृति प्रच्छन्न इन्द्रियको राजधानीमा आयोजित समारोहमा विमोचन भएको छ । पुस्तक समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार डा. रवीन्द्र समीर, व्यंग्य लेखक लक्ष्मण गाम्नागे, समालोचक ज्ञानु अधिकारी तथा लेखक शिवप्रसाद पाण्डेले संयुक्तरुपमा विमोचन गर्नुभएको थियो । पुस्तकमा लेखकले आफ्नो समय र अनुभव अनुसारको समाज कथ्य रुपमा प्रस्तुत भएको बताउनुभयो । उहाँले हरेक कथाले सामाजिक परिवेशलाई चित्रण गरेको बताउनुभयो । साहित्यकार डा.… पुरा पढौ

कम्प्युटर एशोसियसन नेपाल (क्यान) कास्की अध्यक्षमा पुरूषाेत्तम

कम्प्युटर एशोसियन नेपाल महासंघ (क्यान), कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर सर्वसम्मत निर्वाचित भएका छन् । क्यान कास्कीको १० औं अधिवेशनले कुँवरको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । दुई वर्षे कार्यकाल रहने समितिको प्रथम उपाध्यक्षमा सेवक क्षितिज, द्वितीय उपाध्यक्षमा महेन्द्र भुर्तेल, सचिवमा दामोदर डुम्रे सहसचिवमा सुरेश सापकोटा, कोषाध्यक्षमा रुद्रनाथ न्यौपाने रहेका छन् । यस्तै, सदस्यहरुमा दीपकराज गिरी, घनश्याम गौतम, बालकृष्ण न्यौपाने, हरिकृष्ण शर्मा, भरत बराल र मुकुन्द योगी छन्… पुरा पढौ

इन्द्रेणी एकीकृतमा भानुभक्तको नेतृत्व

पोखरा महानगरपालिका वडा नं १ स्थित ईन्द्रेणी एकीकृत विकास केन्द्रको अध्यक्षमा भानुभक्त अधिकारी निर्वाचित भएका छन् । संस्थाको ५५ औं साधारणसभा एवं २५ औं अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा निरजविक्रम राणा, महासचिवमा वसन्त बास्तोला, कोषाध्यक्षमा वेदप्रसाद वस्ती र सचिवमा दुर्गाप्रसाद अधिकारी छन् । कार्यसमिति सदस्यमा दुर्गादत्त भुगाई, मीनबहादुर घले, हरिप्रसाद अधिकारी, निर्देशनकुमार चुल्याजु, शिशिर शर्मा, सरस्वती दाहाल र पार्वती खनाल छन् । संयोजकहरुमा रुद्रप्रसाद लुइँटेल,… पुरा पढौ

नेपाल टेलिकममा रोबोट सेवा सुरु

नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउनुहुन्छ । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो । “अब भने रोबोटले धेरै काम सहजिलो बनाउने अपेक्षा लिएका छौँ”, उहाँले भन्नुभयो, “सामान्य सोधपुछदेखि एनटिसी सेवाका छसय जति प्रश्नको… पुरा पढौ

महिला आधार सहकारीमा प्रमिलाको नेतृत्व

महिला आधार बचत तथा ऋण सहकारीको अधिवेशनले प्रमिला तझ्याको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चुनेको छ । सहकारीको १३ औं साधारणसभा तथा ६ औं अधिवेशनबाट समितिको उपाध्यक्षमा चन्द्रा शर्मा तिवारी, सचिव विष्णु श्रेष्ठ, कोषाध्यक्ष विन्दु केसी महत र सहसचिवमा ईश्वरी चापागाईं निर्वाचित भएका छन् । सञ्चालक समिति सदस्यमा सीता तामाङ, सरला ढुंगाना, चन्द्र सुवेदी बराल, शान्ति बास्तोला बराल, ऋषिदेवी सिग्देल र सुशीला तिवारी छन् । शिक्षा उपसमिति संयोजकमा शान्ति अधिकारी… पुरा पढौ

नेकपा कास्कीले थाल्यो पोखरामा सामूहिक कृषि, १५ मुरी धान भित्र्यायो

नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले जिल्लामा उत्पादन थालेको छ । पार्टीले पोखरा २६ र पोखरा १४ मा सामूहिक कृषि थालनी गरेको छ । पोखरा २६ मूलपानीमा लगाइएको धान शनिबार भित्र्याइएको हो । नेकपा कास्की सेक्रेटरी उमेश सीले १५ मुरी धान उत्पादन भएको जानकारी दिए । यसपालि उत्पादित धान पार्टीका कार्यक्रमहरुमा प्रयोग गरिने उनको भनाइ छ । उमेश भन्छन्, यो धान पार्टीको काममा प्रयोग हुन्छ ।… पुरा पढौ

नीलगिरी सहकारीमा गोपीको निरन्तरता

पोखरा १७ बिरौटामा रहेको नीलगिरी बचत तथा ऋण सहकारीको अध्यक्षमा लेखनाथ बराल(गोपी)ले निरन्तरता पाएका छन् । शनिबार भएको २६ औं वार्षिक साधारणसभा तथा अधिवेशनले बरालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको हो । सहकारीको सञ्चालक समिति उपाध्यक्षमा तीर्थराज आचार्य, सचिव माधवप्रसाद बराल, सहसचिव पवित्रमणि पोख्रेल र कोषाध्यक्षमा मेनका पौडेल छन् । सदस्यमा भुवनराज बराल, डिल्लीराम पराजुली, नवीन भट्टराई र सरीताकुमारी शर्मा बराल चुनिएका छन् । गंगाधर पौडेलको संयोजकत्वमा ऋषिराम आचार्य र… पुरा पढौ

पोखरीमा कार डुब्दा २ बेपत्ता, खोजीका लागि गोताखोर परिचालन

आज बिहान सर्लाही जिल्लाको कार दुर्घटना हुंदा बेपत्ता भएका २ जनाको खोजी कार्यका लागि सशस्त्र प्रहरिको गोताखोर परिचालन गरिएको छ । ईश्वरपुर नगरपालिका -२ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशाला तर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार पोखरीमा डुब्दा त्यसमा सबार ३ जना मध्ये महोत्तरीको गौशाला न.पा.२ बस्ने अन्दाजी बर्ष ३१ को जनक यादब सकुशल निस्किएका थिए भने कार र अन्य २ जना ब्यक्ति बेपत्ता भएको खबर पश्चात… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं