समाचार

हरिदेवीलाई सङ्घर्षशील सामाजिक पुरस्कार

गायिका हरिदेवी कोइरालालाई सङ्घर्षशील सामाजिक पुरस्कार अर्पण गरिने भएको छ । अम्बिका–भागवत फाउण्डेशन नेपालले हरेक दुई वर्षमा प्रदान गर्दै आएको सो पुरस्कार यस वर्ष कोइरालालाई अर्पण गरिन लागेको हो । साहित्यकार एवं गायिका अम्बिका भण्डारी संयोजकत्व, गोमा सोती र षडानन्द पौडेल सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसलाई फाउण्डेशनको मङ्गलबार सम्पन्न बैठकल स्वीकृत गरेको हो । पोखरा बैदाममा जन्मिएकी कोइराला नेपाली लोकगीत, लोकदोहोरी गायन तथा साहित्य क्षेत्रका ३० को दशकदेखि अविचलित… पुरा पढौ

दीपक सापकोटाको उपन्यास ‘ठुटे’ सार्वजनिक

युवा साहित्यकार दीपक सापकोटाको पहिलो उपन्यास ‘ठुटे’ बिहीबार पोखरामा लोकार्पण गरिएको छ । दीपशिखा साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले लेखनमा सङ्ख्याभन्दा गुणलाई ध्यान दिनुपर्ने धारणा राखे । “दिनभरि तास खेलेर समय बिताउनेले पनि पढाइ र लेखाइका कुरामा भने फुर्सद नभएको बहाना बनाउँछन्” उनले भने, “विश्वका कैयौँ बेफुर्सिदा मानिसहरूले पढेर नै सफल जीवन बाँचेका हुन् ।” लेखक स्वयम्ले… पुरा पढौ

कात्तिक १८ गते ११ः ३७ बजे भाइटीकाको शुभ साइत

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः ३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३… पुरा पढौ

भरतपोखरीमा देउसीभैलो र एकल नृत्य प्रतियोगिता हुने

भरतपोखरी विकास मञ्चको आयोजनामा तिहारको अवसरमा कात्तिक १५ गते खुला देउसीभैलो तथा एकल नृत्य प्रतियोगिता हुने भएको छ । परापूर्व कालदेखि मौलिक संस्कृतिमा आधारित देउसीभैलोको मौलिकतालाई जीवन्त राख्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले बताए । मञ्चले यस पटक सातौं संस्करणको प्रतियोगिता आयोजना गर्दै छ । प्रतियोगितामा देउसीभैलोतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार… पुरा पढौ

तल्लो विरौटा टोल आफ्नै भवनमा

पोखरा १७ मा रहेको तल्लो विरौटा टोल विकास संस्थाले टोलकै नाममा जग्गा किनेर सामुदायिक भवन बनाएको छ । विरौटावासीले प्रयोग गर्न मिल्ने सुविधा सम्पन्न बहुउद्देश्यीय सामुदायिक तथा क्रियापुत्री भवन टोलको २१ लाख ९०) हजार ८४ रुपैयाँ र ९ लाख २६ हजार ९ सय १६ जनसहभागिताबाट बनाइएको हो । ३१ लाख १७ हजारमा तयार भएको भवन शनिबार आयोजित कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले उद्घाटन गरिन् । टोलहरु विकासको… पुरा पढौ

मुद्रण उद्योग महासंघ गण्डकीमा मनोहरको नेतृत्व

नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले मनोहर दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । कास्कीको माछापुच्छ«े गाउँपालिकाको ल्वाङमा भएको अधिवेशनबाट संस्थाको वरिष्ठ उपाध्यक्षमा सुदर्शन रेग्मी, प्रथम उपाध्यक्ष भीमबहादुर रसाइली, द्वितीय उपाध्यक्ष धनश्याम गौतम, महासचिव भीमनाथ शर्मा, सचिव गोविन्द सिग्देल, कोषाध्यक्ष सूर्यप्रसाद पौडेल र सहकोषाध्यक्षमा विश्वराज त्रिपाठी निर्वाचित भए । सदस्यमा निरञ्जन बजिमय, सन्दीप रिमाल र तारानाथ पराजुली छन् । महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष… पुरा पढौ

वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारलाई अब १० लाख क्षतिपूर्ति

वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिका परिवारले अब १० लाख क्षतिपूर्ति पाउने भएका छन् । यस अघि ७ लाख पाउँदै आएकोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३ लाख बढाएर १० लाख पुर्याउने निर्णय भएको मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले यो निर्णय भएको जानकारी गराए । उनका अनुसार यदि वैदेशिक रोजगारीमा गएको कुनै पनि व्यक्ति बिरामी… पुरा पढौ

नारायणको ‘इलेक्ट्रोनिक्स दर्पण’ बजारमा

पुराना इलेक्ट्रोनिक्स व्यवसायीसमेत रहेका पोखरा रेडियो ट्रेनिङ इन्स्टिच्युटका प्रिन्सिपल नारायण पौडेलको दोस्रो पुस्तक सार्वजनिक भएको छ । पोखरा कम्प्युटर लिङ्कका समेत प्रिन्सिपल रहेका पौडेलले २०४७ सालमा ‘रेडियो परिचय’ नामको कृति प्रकाशन गरेका थिए । २०४२ सालदेखि लगातार इलेक्ट्रोनिक्स व्यवसायमा सक्रिय उनी पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघका संस्थापक अध्यक्षसमेत हुन् । अहिले बजारमा आएको ‘इलेक्ट्रोनिक्स दर्पण’ पुस्तकमा रेडियो, टेलिभिजन, मोबाइल र इन्टरनेटबारे आधारभूत जानकारी राखिएका छन् । इलेक्ट्रिकल एवं इलेक्टोनिक्स क्षेत्रबारे जानकारी… पुरा पढौ

१७ गते भिन्तुना ¥याली, उत्कृष्टलाई पुरस्कार

फाइल फोटोनेपालीको मौलिक तथा राष्ट्रिय संवत नेपाल संवत ११४५ को अवसरमा पोखरामा भिन्तुना ¥याली निकालिने भएको छ । नेवा खलः कास्कीको आह्वान तथा बागबजार तायामाचा समितिको आयोजनामा न्हुँ दया भिन्तुना ¥याली निकालिने भएको हो । नेवाः खलः कास्की अध्यक्ष अशोक पालिखे यस वर्ष १७ गते न्हुँ दयाः भिन्तुना एवं म्ह पूजा हुने बताउँछन् । सो दिन बिहान न्हुः दयाँ भिन्तुनाको ¥याली पोखराको मोहरिया टोल, भैरव टोल, भीमसेन टोल हुँदै नेवा… पुरा पढौ

भलाममा सेभेन ए साइड फुटबल जारी

श्रृङ्खला क्लब पोखरा २० भलाम–मौजाको आयोजनामा जारी नवौं सेभेन ए साइट फुटबल प्रतियोगितामा मंगलबार ६ खेल भएका छन् । सोमबार सुरु भएको प्रतियोगितामा पहिलो दिन २ खेल भएका थिए । प्रतियोगितामा २४ टिम सहभागी छन् । यसपालिको दसैं, तिहार जस्ता पर्वहरुको अवसरमा क्लबले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पहिलो हुनेले नगद १ लाख ३१ हजार १ सय ११ र दोस्रो हुनेले ६५ हजार १ सय ११ रुपैयाँका साथमा शिल्ड,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं