
पोखरा महानगरपालिका वडा नम्बर ५ मा रहेको जनहित महिला समूहको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले चन्द्रावती गैरे अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चुनेको छ ।
समूहको उपाध्यक्षमा सरस्वती अधिकारी, सचिव समीक्षाकुमारी लामिछाने, सहसचिव सरिता सुनार र कोषाध्यक्षमा इन्दु सुवेदी निर्वाचित भएका छन् । सदस्यमा शारदा भट्टराई, माया भण्डारी, इन्दिरा आचार्य, सीता सुनार, उमा सुवेदी, दुर्गा अधिकारी, सरिता सुनार र विष्णुकुमारी विश्वकर्मा निर्वाचित भए ।
संस्थाकी अध्यक्ष गीता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ५ का कार्यवाहक अध्यक्ष गोविन्द पराजुली, कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा र वडा सदस्य कल्पना भुवाजी क्षेत्री, अन्नपूर्ण ४ की महिला सदस्य पशुपति केसी, सल्लाहकार सिर्जना शाह, समूहकी सचिव चन्द्रवती गैरे अधिकारी लगायतले बोलेका थिए ।