समाचार

शिवप्रसाद पाण्डेको प्रच्छन्न इन्द्रिय बजारमा

लेखक तथा जेष्ठ नागरिक समाजका केन्द्रिय सदस्य शिवप्रसाद पाण्डेको पहिलो कथाकृति प्रच्छन्न इन्द्रियको राजधानीमा आयोजित समारोहमा विमोचन भएको छ । पुस्तक समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार डा. रवीन्द्र समीर, व्यंग्य लेखक लक्ष्मण गाम्नागे, समालोचक ज्ञानु अधिकारी तथा लेखक शिवप्रसाद पाण्डेले संयुक्तरुपमा विमोचन गर्नुभएको थियो । पुस्तकमा लेखकले आफ्नो समय र अनुभव अनुसारको समाज कथ्य रुपमा प्रस्तुत भएको बताउनुभयो । उहाँले हरेक कथाले सामाजिक परिवेशलाई चित्रण गरेको बताउनुभयो । साहित्यकार डा.… पुरा पढौ

कम्प्युटर एशोसियसन नेपाल (क्यान) कास्की अध्यक्षमा पुरूषाेत्तम

कम्प्युटर एशोसियन नेपाल महासंघ (क्यान), कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर सर्वसम्मत निर्वाचित भएका छन् । क्यान कास्कीको १० औं अधिवेशनले कुँवरको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । दुई वर्षे कार्यकाल रहने समितिको प्रथम उपाध्यक्षमा सेवक क्षितिज, द्वितीय उपाध्यक्षमा महेन्द्र भुर्तेल, सचिवमा दामोदर डुम्रे सहसचिवमा सुरेश सापकोटा, कोषाध्यक्षमा रुद्रनाथ न्यौपाने रहेका छन् । यस्तै, सदस्यहरुमा दीपकराज गिरी, घनश्याम गौतम, बालकृष्ण न्यौपाने, हरिकृष्ण शर्मा, भरत बराल र मुकुन्द योगी छन्… पुरा पढौ

इन्द्रेणी एकीकृतमा भानुभक्तको नेतृत्व

पोखरा महानगरपालिका वडा नं १ स्थित ईन्द्रेणी एकीकृत विकास केन्द्रको अध्यक्षमा भानुभक्त अधिकारी निर्वाचित भएका छन् । संस्थाको ५५ औं साधारणसभा एवं २५ औं अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा निरजविक्रम राणा, महासचिवमा वसन्त बास्तोला, कोषाध्यक्षमा वेदप्रसाद वस्ती र सचिवमा दुर्गाप्रसाद अधिकारी छन् । कार्यसमिति सदस्यमा दुर्गादत्त भुगाई, मीनबहादुर घले, हरिप्रसाद अधिकारी, निर्देशनकुमार चुल्याजु, शिशिर शर्मा, सरस्वती दाहाल र पार्वती खनाल छन् । संयोजकहरुमा रुद्रप्रसाद लुइँटेल,… पुरा पढौ

नेपाल टेलिकममा रोबोट सेवा सुरु

नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउनुहुन्छ । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो । “अब भने रोबोटले धेरै काम सहजिलो बनाउने अपेक्षा लिएका छौँ”, उहाँले भन्नुभयो, “सामान्य सोधपुछदेखि एनटिसी सेवाका छसय जति प्रश्नको… पुरा पढौ

महिला आधार सहकारीमा प्रमिलाको नेतृत्व

महिला आधार बचत तथा ऋण सहकारीको अधिवेशनले प्रमिला तझ्याको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चुनेको छ । सहकारीको १३ औं साधारणसभा तथा ६ औं अधिवेशनबाट समितिको उपाध्यक्षमा चन्द्रा शर्मा तिवारी, सचिव विष्णु श्रेष्ठ, कोषाध्यक्ष विन्दु केसी महत र सहसचिवमा ईश्वरी चापागाईं निर्वाचित भएका छन् । सञ्चालक समिति सदस्यमा सीता तामाङ, सरला ढुंगाना, चन्द्र सुवेदी बराल, शान्ति बास्तोला बराल, ऋषिदेवी सिग्देल र सुशीला तिवारी छन् । शिक्षा उपसमिति संयोजकमा शान्ति अधिकारी… पुरा पढौ

नेकपा कास्कीले थाल्यो पोखरामा सामूहिक कृषि, १५ मुरी धान भित्र्यायो

नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले जिल्लामा उत्पादन थालेको छ । पार्टीले पोखरा २६ र पोखरा १४ मा सामूहिक कृषि थालनी गरेको छ । पोखरा २६ मूलपानीमा लगाइएको धान शनिबार भित्र्याइएको हो । नेकपा कास्की सेक्रेटरी उमेश सीले १५ मुरी धान उत्पादन भएको जानकारी दिए । यसपालि उत्पादित धान पार्टीका कार्यक्रमहरुमा प्रयोग गरिने उनको भनाइ छ । उमेश भन्छन्, यो धान पार्टीको काममा प्रयोग हुन्छ ।… पुरा पढौ

नीलगिरी सहकारीमा गोपीको निरन्तरता

पोखरा १७ बिरौटामा रहेको नीलगिरी बचत तथा ऋण सहकारीको अध्यक्षमा लेखनाथ बराल(गोपी)ले निरन्तरता पाएका छन् । शनिबार भएको २६ औं वार्षिक साधारणसभा तथा अधिवेशनले बरालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको हो । सहकारीको सञ्चालक समिति उपाध्यक्षमा तीर्थराज आचार्य, सचिव माधवप्रसाद बराल, सहसचिव पवित्रमणि पोख्रेल र कोषाध्यक्षमा मेनका पौडेल छन् । सदस्यमा भुवनराज बराल, डिल्लीराम पराजुली, नवीन भट्टराई र सरीताकुमारी शर्मा बराल चुनिएका छन् । गंगाधर पौडेलको संयोजकत्वमा ऋषिराम आचार्य र… पुरा पढौ

पोखरीमा कार डुब्दा २ बेपत्ता, खोजीका लागि गोताखोर परिचालन

आज बिहान सर्लाही जिल्लाको कार दुर्घटना हुंदा बेपत्ता भएका २ जनाको खोजी कार्यका लागि सशस्त्र प्रहरिको गोताखोर परिचालन गरिएको छ । ईश्वरपुर नगरपालिका -२ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशाला तर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार पोखरीमा डुब्दा त्यसमा सबार ३ जना मध्ये महोत्तरीको गौशाला न.पा.२ बस्ने अन्दाजी बर्ष ३१ को जनक यादब सकुशल निस्किएका थिए भने कार र अन्य २ जना ब्यक्ति बेपत्ता भएको खबर पश्चात… पुरा पढौ

हरिदेवीलाई सङ्घर्षशील सामाजिक पुरस्कार

गायिका हरिदेवी कोइरालालाई सङ्घर्षशील सामाजिक पुरस्कार अर्पण गरिने भएको छ । अम्बिका–भागवत फाउण्डेशन नेपालले हरेक दुई वर्षमा प्रदान गर्दै आएको सो पुरस्कार यस वर्ष कोइरालालाई अर्पण गरिन लागेको हो । साहित्यकार एवं गायिका अम्बिका भण्डारी संयोजकत्व, गोमा सोती र षडानन्द पौडेल सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसलाई फाउण्डेशनको मङ्गलबार सम्पन्न बैठकल स्वीकृत गरेको हो । पोखरा बैदाममा जन्मिएकी कोइराला नेपाली लोकगीत, लोकदोहोरी गायन तथा साहित्य क्षेत्रका ३० को दशकदेखि अविचलित… पुरा पढौ

दीपक सापकोटाको उपन्यास ‘ठुटे’ सार्वजनिक

युवा साहित्यकार दीपक सापकोटाको पहिलो उपन्यास ‘ठुटे’ बिहीबार पोखरामा लोकार्पण गरिएको छ । दीपशिखा साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले लेखनमा सङ्ख्याभन्दा गुणलाई ध्यान दिनुपर्ने धारणा राखे । “दिनभरि तास खेलेर समय बिताउनेले पनि पढाइ र लेखाइका कुरामा भने फुर्सद नभएको बहाना बनाउँछन्” उनले भने, “विश्वका कैयौँ बेफुर्सिदा मानिसहरूले पढेर नै सफल जीवन बाँचेका हुन् ।” लेखक स्वयम्ले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं