मानवसेवा आश्रम पोखरा हेमजामा आश्रितहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले भोजनदान गरेका छन् ।
मानवसेवा आश्रम शाखा हेमजामा १ सय ५० जनालाई बिहीबारको दिउँसो पुगी ओलियाले खानाको व्यवस्था गरेका हुन् । मानव सेवाको भावले आश्रितहरुलाई सहयोग गर्न आश्रम पुगेको ओलियाले बताए ।

मानवसेवा आश्रमका कास्की जिल्ला संयोजक सदिस पुनले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्न लागिपरेको जनाए । उनले विभिन्न तहका सरकार र नागरिक स्तरबाटै हुने सहयोगबाट आश्रम सञ्चालन भइरहेको उल्लेख गरे ।




