गुल्मेली समाजमा कमलप्रसादको नेतृत्व

गुल्मेली समाज पोखराको साधारण सभा तथा अधिवेशनले अधिवेशनले कमलप्रसाद न्यौपानकोे अध्यक्षतामा १८ सदस्यीय नयाँ समिति चुनेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा रुक्माङन पोख्रेल, उपाध्यक्ष कृष्णप्रसाद ज्ञवाली, सचिव प्रकाश पुन, कोषाध्यक्ष नानु अधिकारी, सहसचिव विक्रम केसी र सहकोषाध्यक्षमा चेतबहादुर घर्ती छन् ।

सदस्यमा हिमाल ज्ञवाली, दिला पाण्डे, राजन भण्डारी, सीता पौडेल, चिन्तामणि खरेल, साधना पौडेल अर्याल, रामजीप्रसाद ज्ञवाली, रेखा भण्डारी, हेमनाथ ज्ञवाली, शिशिर ज्ञवाली र लक्ष्मी पोख्रेरेल छन् ।

कार्यक्रममा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पोखराका डा रामनाथ न्यौपाने, पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा तीर्थराज अर्याल, शंकर ज्ञवाली, पूर्वअध्यक्ष बाबुराम बराल, भानुभक्त भण्डारी, अर्घाखाँची समाजका अध्यक्ष दधिराम खनाल, रेसुंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेशम ज्ञवाली, गुल्मेली समाज युकेका अध्यक्ष रुद्र थापा लगायतले बोलेका थिए ।

कार्यक्रम समाजका अध्यक्ष नारायणप्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो ।