
रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखरा महानगरपालिका वडा नं. २१ मा रहेको युवा वर्ष आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्वेटर, सर्ट र पाइन्ट वितरण गरेको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा क्लव अध्यक्ष उपेन्द्र अधिकारीले ती सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्ष दीपकप्रसाद सुवेदीलाई हस्तान्तरण गरे । क्लवका अध्यक्ष अधिकारीले व्यक्तिगत खर्चबाट विद्यार्थीलाई जुत्तासमेत सहयोग गर्ने घोषणा गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष सुवेदीले सहयोग दाताहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोगमा निरन्तरता दिन अनुरोध गरे । विद्यालयका पूर्व विद्यार्थी महेश्वर भण्डारीले विभिन्न सहयोगी दाताको खोजी गर्ने क्रममा क्लवले सहयोगको अनुरोध स्वीकार गरेकोमा खुसी व्यक्त गरे ।
विद्यालयसँग समन्वय गर्दै हाल विद्यालयमा रहेका विद्यार्थीको आवश्यकता अनुरुप नै सहयोग गरिएको कार्यक्रम संयोजक तथा क्लवका सचिव सुवास मल्लले सुनाए । क्लबले ५० हजार बराबरका सामग्री हस्तान्तरण गरेको कोषाध्यक्ष आमोद कोइरालाले जानकारी दिए । सो कार्यका लागि क्लवले आफ्नो कोष र महेन्द्रपुलस्थित मथुरा साहुको पसलबाट सहयोग रकम जुटाएको क्लवका आगामी वर्षका अध्यक्ष ई. राजेन्द्र लिगलले जनाए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पहारीले पनि बोलेका थिए ।