गण्डकी प्रदेशसभा अधिवेशन २१ गतेबाट आह्वान

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते दिउँसो २ बजेलाई आह्वान भएको छ ।

गण्डकीका प्रदेश प्रमुख डिल्लाराज भट्टले नेपालको शुक्रबार प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले माघ २१ गतेबाट हिउँदे अधिवेशन बोलाउने निर्णय गरी प्रदेश प्रमुख कार्यालयलाई पत्रचार गरेको थियो ।

अहिले गण्डकी प्रदेशसभाका विषयगत समितिमा अहिले “गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक”, “गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” र “जिवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” छलफलका क्रममा छन् ।

प्रदेश सभाको बर्खे अधिवेशन असोज ७ गते अन्त्य भएको थियो ।