
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका कार्यालय प्रमुख लक्ष्मीभद्र वाग्लेलाई पितृशोक परेको छ । पोखरा–१३, कुसुन्डेका बासिन्दा लक्ष्मीभद्रका बुवा पूर्णभद्रको शुक्रबार घरमै ८० वर्षमा निधन भएको हो ।
पूर्णभद्रको शुक्रबारै पोखराको रामघाटमा हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।
पूर्णभद्रका २ श्रीमती रुक्विना र हरिकला, ३ छोरा लक्ष्मीभद्र, भोलाभद्र र सन्तोष र २ छोरी शारदा र सरस्वती छन् ।