ढिकुरपोखरी समाज पोखरामा शुभकामना आदानप्रदान

हरितालिका तिजको उपलक्ष्यमा ढिकुरपोखरी समाज पोखराले शूभकामना आदानप्रदान तथा तिजको दर खाने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी गणडकी प्रदेश सभा सदश्य देवका पहारीले एऊटा परिवारमा मात्र सीमित हूने र महिला बिषेशले मात्र मनाऊनू पर्छ भन्ने चाड आज सबै दाजू भाई दिदि बैनि मिलेर मनाऊदा धेरै नै परिष्कृत भयको बताऊनू भयो ।

नेपालका चाड पर्वले महिला लाई महान शक्ति सम्पन्न देबिको रूपमा चित्रण गरेको बताऊदै चूलो चौकोमा मात्र सिमीत महिला आज मूलूक हाक्न सक्ने स्थानमा पूगेको भएको बताऊदै सबै दाजुभाइ तथा समाजको सकारात्मक सोच बाट यो सम्भव भएको जोड दिनूभयो।

अन्नपूर्ण गाऊँपालिका का उपाध्यक्ष चन्द्रा देबकोटा अधिकारीले समाजले ढिकूर पोखरी घर भई बिभिन्न शिलशिलामा पोखरा आई बसेका ढिकूरपोखरी बासीलाई समाजले एकीकृत गर्ने महत्वपूर्ण काम गरेको बताऊदै कार्यक्रममा उपस्थित सबैलाई दिजको शूभकामना ब्यक्त गर्नूभयो।

ढिकूर पोखरीसमाज पोखराका अध्यक्ष लक्ष्मी अधिकारीले २०६४ सालमा स्थापना भएको समाज ले बिभिन्न समयमा बिभिन्न कार्यहरू गर्दै आईरहेको बताऊदै समाजले अक्षयकोष स्थापना गरी समस्यामा परेका समाजका सदस्य लाई सहयोग गर्ने काम पनि समाजले गरिरहेको बताऊनूभयो ।

कार्यक्रममा अन्नपूर्ण गाऊपालिकाका पूर्व अध्यक्ष युवराज कूँवर , समाजका पूर्व अध्यक्ष बाबुराम भण्डारी, सोमनाथ पौडेल लागायतले पनि शूभकामना ब्यक्त गरेका थिए ।
सस्थाका सचिव गणेश अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष लोकराज भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।