समाचार

सोमबहादुरका सपना सम्झँदै आफन्त

तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र विद्रोहको अवधिमा ८ हजारभन्दा बढीले ज्यान गुमाए । करिब ११ सय जनाको अझै अत्तोपत्तो छैन । विद्रोहका बेला हतियारधारीले लगेकाले सबैजसोका आफन्तले जिउँदै आउने आशा करिब मारिसकेका छन् । तर, राज्यले आधिकारिक रुपमा लास वा सास दिनुपर्छ भन्ने आफन्तको आवाज छँदै छ । बृहत शान्ति सम्झौता भएको २ दशक भईसक्दा पनि बेपत्ताको अवस्था सार्वजनिक भएको छैन । शनिबार पोखरा ३२ खुदीखोलमा भएको कार्यक्रममा सोमबहादुर विक(ज्योति)का… पुरा पढौ

प्रतिमाको गीत सार्वजनिक

देशमा सुशासन आवश्यक छ । ठूला संगठित अपराध र भष्ट्रचारले जनतामा निरासा छाएको छ । निराश जनतालाई उत्साहित बनाउँदै शासक, प्रशासकलाई खबरदारी गर्दै गीतकार प्रतिमा अधिकारीको गीत सार्वजनिक भएको छ । अब उठ जनता, बोल जनतासबै भ्रष्टहरुको पोल खोल जनता यो चूप लागेर बस्ने बेला हुँदै हैनहेरीमात्रै बस्ने छुट पनि छँदै छैनकति बोक्ने सधैं यस्तो रिनको भारीमास्न उठ अब सबै खाले भष्ट्रचारी । गीतमा व्यवस्था फेरिए पनि अवस्था नफेरिनुमा भष्टचारीहरुकै… पुरा पढौ

एसइई पूरक परीक्षा साउन २६ र २७ गते

माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा २ विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र… पुरा पढौ

११ वर्षपछि फेरि बागलुङमा ४ पांग्रेको ट्रायल हुने

एघार वर्षपछि पुनः बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउने भएको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहँुदा विसं २०६९ देखि चारपांग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन । यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापाले आगामी साउनभित्रै चारपांग्रे सवारी साधनको ‘लाइसेन्स’ परीक्षा सुरु हुने जानकारी दिए । ‘ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारी साधन भाडामा लिन १५ दिने बोलपत्र सूचना निस्किसकेको छ’, उनले भने, ‘बोलपत्रको… पुरा पढौ

जनप्रियमा पर्यटन र हस्पिटालिटी पाठ्यक्रममाथि छलफल

व्यावसायिक पर्यटन व्यवसायमा आवश्यक जनशक्ति तयार गर्न आवश्यक पाठ्यक्रमबारे शनिबार पोखरामा छलफल भएको छ । पर्यटन र हस्पिटालिटी म्यानेज्मेन्ट पढाउँदै आएको जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजनामा सरोकारवालाले अहिलेको पाठ्यक्रममा आवश्यक परिमार्जनबारे सुझाव दिए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जनप्रियले स्वायत्त कार्यक्रमको रुपमा ब्याचलर इन माउन्टेन टुरिज्म म्यानेजमेन्ट (बिएमटिएम) र एम. बि. ए. हस्पिटालिटी म्यानेजमेन्ट अध्यापन गराउँदै आएको छ । कार्यक्रममा क्याम्पस प्रमुख लोकराज भण्डारीले विश्वकै सबैभन्दा ठूलो उद्योग पर्यटनका लागि… पुरा पढौ

म्यापल एजुकेसनको शाखा पोखरामा

म्यापल इन्टरनेसनल एजुकेसनले बुधबारदेखि पोखराको चिप्लेढुंगामा शाखा कार्यालय सञ्चालन गरेको छ । १७ वर्षअघि स्थापना भई काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको म्यापलको शाखा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले सुरुआत गरे । क्यानडा अध्ययनका लागि जान चाहने पोखराका विद्यार्थीलाई म्यापलले सघाउने उनले विश्वास व्यक्त गरे । क्यानडा अध्ययनका लागि परामर्श, स्तरीय डकुमेन्टेसन र सहज रुपमा भिसा अप्लाई गरिदिएर विद्यार्थीको मन जितेको म्यापल पोखरामा पनि आफ्नो ब्रान्डलाई कायम… पुरा पढौ

अक्षरयात्राको २०० औँ श्रृंखला शताब्दी घरमा सम्पन्न

“ जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा” मूलमन्त्र बनाई गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ साल असार १८ गतेदेखि निरन्तर रुपमा संचालित भैरहेको यात्रा साहित्यसंग सम्बन्धित कार्यक्रम “अक्षरयात्रा”को द्विशतक श्रृंखला फरक पर्वत कुश्मा स्थित शताब्दी घरमा सम्पन्न भएको छ । कालीगण्डकी बचाऔँ अभियान एवं कुश्मा कला परियोजनाका परिकल्पनाकार, अभियन्ता आरके अदीप्त गिरीको स्थानीय निम्तो र आयोजनामा शताब्दी घरमा आयोजित कार्यक्रममा पोखराबाट दुई दर्जन बढी कवि, लेखक, पत्रकारले सहभागिता जनाएका थिए… पुरा पढौ

‘शब्दब्रह्म’ लिएर आएर भानुभक्त

क्यानडाको ओटवा विश्वविद्यालयमा पत्रकारिता प्राध्यापन गर्ने डा भानुभक्त आचार्य नेपाल आएको छेकोमा उनको कविता सञ्चयन सार्वजनिक भएको छ । आचार्यको पहिलो कविता सञ्चयन ‘शब्दब्रह्म’ शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक भएको हो । आवरण प्रकाशन पाठकमाझ ल्याएको कृतिमा ५४ कविता संगृहित छन् । कवि आचार्य शब्दमा शान्ति सँगसँगै क्रान्ति पनि समाहित हुने बताउँछन् । उनले लेखेका छन्, ‘सनातन हिन्दू धर्म परम्परामा ओमलाई सबैभन्दा शक्तिशाली र महत्वपूर्ण वर्ण वा शब्द मानिन्छ ।… पुरा पढौ

रविलालको स्मृतिमा जनसांस्कृतिक महासंघको कविता प्रतियोगिता

राष्ट्रिय जनसाँस्कृतिक महासंघ गण्डकी प्रदेश समितिले शनिबार खुला कविता प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा शर्मिला कार्की प्रथम, संयोग बस्याल द्वितीय, रमा खतिवडा तृतीय, रोशन तिमिल्सिना सान्त्वना तथा आर्या त्रिपाठीले प्रोत्साहन पुरस्कार पाएका छन् । राष्ट्रिय जनसाँस्कृतिक महासंघका संस्थापक केन्द्रीय सदस्य प्राडा रविलाल अधिकारीको ७९ औं जन्म जयन्तीको अवसरमा कार्यक्रम भएको हो । सो अवसरमा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले साहित्य, कला र संस्कृतिमा राजनीतिक नेतृत्वको ध्यान… पुरा पढौ

साकियो काठेखोलाको विवाद, केन्द्र सामबोटमा बन्ने

पोखरा, १६ असार बागलुङको काठेखोला गाउँपालिकाको प्रशासनिक केन्द्रको विवाद ७ वर्षपछि टुंगिएको छ । यो विवादका कारण अहिलेसम्म कार्यालय भवन निर्माण भएको छैन । प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको थिएन । हालैको कार्यपालिका बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको छ । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं