समाचार

शतायु यात्रामा जेपी क्रस

ब्रिटिसका नेपाली नागरिक लेफ्टनेन्ट कर्णेल जे.पी. क्रसले शनिबारदेखि १ सय वर्ष पार गरेका छन् । उनले शताब्दी पार गरेका क्रसको जन्मोत्सव पोखरामा भव्य रुपमा मनाइएको छ । ब्रिगेड अफ गोर्खाको इतिहासमा सबैभन्दा प्रसिद्ध ब्रिटिश अधिकारीहरूमध्ये एक जेपी क्रसको जन्मोत्सव पोखरास्थित ब्रिटिश गोर्खाज नेपाल क्याम्पमा भव्य समारोह गरी मनाइएको हो । कार्यक्रमा बेलायती राजदूत रब फेन, भुतपूर्व ब्रिटिश गोर्खाहरू र सेवारत अधिकारी तथा कर्मचारीहरू उपस्थित रहेको थियो । ब्रिटिश गोर्खाज नेपालका… पुरा पढौ

समाजवाद लक्षित कविता सुनाइए

अखिल नेपाल लेखक संघद्वारा आयोजित कविता वाचन श्रृंखला “निरन्तरतामा समय प्रवाह” को दोस्रो कडी “समाजवाद र कविता, कविताको आरन” शीर्षकमा काठमाडौंको बागबजारमा एक विशेष कविता वाचन भएको छ। कार्यक्रममा कविता र समाजवादबीचको गहिरो सम्बन्धलाई उजागर गर्दै, कवितालाई सामाजिक रूपान्तरणको शक्तिशाली माध्यमका रूपमा प्रस्तुत गरिएको थियो। देशका विभिन्न भूभागबाट आएका ख्यातिप्राप्त तथा नवोदित १० जना कविहरूले कार्यक्रममा कविता वाचन गरेका थिए। सहभागी कविहरुमा तेज योन्जन, सुमिना, भूमिका थारु, अस्मिता वादी, मिथोच… पुरा पढौ

शब्दखेलमा बेसलाइन पहिलो, रेन्बो दोस्रो

प्याब्सन कास्कीले आयोजना गरेको दुई दिवसीय आधारभूत तह ९१–५० स्तरीय नेपाली शब्दखेल प्रतियोगिता शुक्रबार भएको छ । प्रतियोगितामा बेसलाइन एकेडेमी प्रथम, रेन्बो एकेडेमिक होम्स् द्वितीय, करुणानिधि एजुकेसन फाउन्डेसन ९केफ० माध्यमिक विद्यालय तृतीय, सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालय चतुर्थ, प्रतिभा माध्यमिक विद्यालय र ज्ञानगंगा विद्यापीठ सान्त्वना बने । प्रतियोगितामा प्याब्सन कास्कीसँग आबद्ध ७० सदस्य विद्यालय सहभागी छन् । प्रतियोगिताको निर्णायक संयोजकमा नेपाली भाषा शिक्षक परिषद कास्की अध्यक्ष सूर्यप्रसाद लम्साल र निर्णायकमा विक्रम… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुई वटा सेक्सनका ६९ विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरे । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका दिवा कार्यक्रम संयोजक सरोज कुँबरले बताए । कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायीक जीवनमा अत्यन्त… पुरा पढौ

विनयी खोलामा आएको बाढीले बस बगायो

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई बिहीबार राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिनुभयो । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उहाँले बताउनुभयो । “नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो”, प्रहरी निरीक्षक तिमिल्सेनाले भन्नुभयो– “तत्काल एक्साभेटर लगेर… पुरा पढौ

शब्दखेलमा रेन्बो एकेडेमिक प्रथम

एपेक्स कास्कीको आयोजनामा भएको शब्दखेल प्रतियोगितामा रेन्वो एकेडेमिक होम्स प्रथम भएको छ। मङ्गलबार भएको प्रतियोगितामा द्वितीय सबलाइम मावि, तृतीय करुणानिधि मावि भए भने सान्त्वना स्थान वेष्ट प्वाइन्ट बोर्डिङ प्राप्त गरेको छ। शब्दखेल प्रतियोगिता सञ्चालन एवम् सहजीकरण नेपाली भाषा शिक्षक परिषद्का शिवहरि सुवेदी र हरिप्रसाद ढुङ्गानाले गरेका थिए। विद्यार्थीलाई शब्द भण्डारको ज्ञान वृद्धि गर्ने उद्देश्यले भएको प्रतियोगितामा १३ वटा विद्यालयले भाग लिएका थिए । एपेक्स कास्कीमा भने १४ विद्यालय आवद्ध छन्।… पुरा पढौ

कास्कीका पत्रकार र प्रदेशभरीका ट्राफिकलाई चस्मा वितरण

नेपाल नेत्रज्योति सङ्घले गण्डकी प्रदेशभरी खटिएका ट्राफिक प्रहरी र कास्कीका पत्रकारलाई चस्मा वितरण गरेको छ । सङ्घले गण्डकी प्रदेशमा कार्यरत ट्राफिक प्रहरीहरुका लागि बुधबार चार सय ५० थान चस्मा वितरण गरेको हो । हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसनको सहयोग र हिमालय आँखा अस्पतालको समन्वयमा चस्मा वितरण गरिएको हो । सोही अवसरमा कास्कीका एक सय पत्रकारलाई पनि चस्मा वितरण गरिएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीमार्फत् ६३ र संसदीय पत्रकार मञ्च, गण्डकीलाई… पुरा पढौ

नेपालमा ८६ हजार यौन श्रमिक

नेपालमा ८६ हजार ८०९ यौन श्रमिक रहेका राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको यौन श्रममा संलग्न व्यक्तिको अधिकारका सम्बन्धमा छलफल कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । यौन श्रम र मानव बेचबिखन एउटै विषय नभएको छलफल कार्यक्रमका वक्ताले बताएका छन् । छलफलमा यौन श्रमलाई पनि मानव अधिकारसँग जोडेर हेर्नुपर्ने यस विषयमा अनुसन्धान गरिरहनुभएकी दिदीक्षा सिंहले बताउनुभयो ।… पुरा पढौ

चितुवाको आक्रमणबाट तनहुँमा बालकको मृत्यु

बन्दीपुर गाउँपालिका–२ कुवादीमा आज साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छ वर्षीय उत्सव गुरुङ छन् । आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणपछि उपचारका लागि उनलाई बन्दीपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । तनहुँको भानु, बन्दीपुर, आँबुखैरेनीमा पछिल्ला केही वर्षयता चितुवा आतङ्क बढेको छ । यसैबीच, तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर आज… पुरा पढौ

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा हर्जाेगको आइस एक्स

पर्यटन राजधानी पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नयाँ आकर्षण थपिएको छ । ७५ वर्षअघि अन्नपूर्ण हिमाल प्रथम पटक आरोहण गर्ने मौरिस हर्जाेगको आइस एक्स (हिउँ काट्ने औजार) बिहीबार उनका छोरा माथियसले सङ्ग्रहालयलाई हस्तान्तरण गरे । स्विटजरल्यान्डको ओलम्पिक म्युजियमबाट ल्याइएको आइस एक्स अबको एक वर्ष यहाँ राखिनेछ । झ्यालबाट अन्नपूर्ण हिमाल देखिने सङ्ग्रहालय नै आइस एक्सका लागि सबैभन्दा उपयुक्त स्थान भएको माथियस बताउँछन् । अन्नपूर्ण आरोहणको हिरक महोत्सवमा सहभागी हुन सपरिवार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं