गणित शिक्षा परिषद कास्कीको सातौँ जिल्ला अधिवेशन आइतबार आगामी ३ वर्षे कार्यकालका लागि खगेन्द्रराज बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरी सम्पन्न भयो । एस ओ एस हरमन माइनर गण्डकीको व्यवस्थापनमा भएको अधिवेशनबाट उपाध्यक्ष भूमिराज अधिकारी, सचिव ध्रुवराज पौड्याल, सहसचिव महेन्द्र पौडेल, कोषाध्यक्ष यादबहादुर अधिकारी र सहकोषाध्यक्षमा हरिकृष्ण पोखरेल चुनिए ।
नयाँ समितिका सदस्यमा ईन्द्रप्रसाद तिम्सेना, वसन्तराज सापकोटा, जयराम पौडेल, कलादेवी बराल, इन्दिरा अधिकारी, कृष्णप्रसाद चापागाईँ र विश्वप्रकाश सुवेदी छन् ।
परिषदका जिल्ला अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड पोखराका प्रमुख गोविन्दराज पोखरेल, संस्थाका प्रदेश अध्यक्ष वेदप्रकाश शर्मा, पूर्वअध्यक्ष त्रिभुवन शर्मा, चिन्तामणि शर्मा शिशिर, केशव अम्गाई, नेराशिसं प्रदेश अध्यक्ष रोमहर्षण पौडेल, नेशिसंघ कास्की पूर्वअध्यक्ष रमेश भट्टराई लगायतले शुभकामना दिएका थिए ।
परिषदले विशेष गरी कक्षाकोठाको गणित शिक्षण तथा सिकाई विधि तथा उपलब्धिलाई लक्षित गरी विभिन्न तालिम, गोष्ठी, प्रतियोगितात्मक कार्यक्रम तथा गणित शिक्षाको विकास र विस्तारका कार्यक्रम गर्दै आएको छ ।




