लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनले शुक्रबार आयोजना गरेको बृहत् रक्तदानमा १ सय १८ युनिट रगत संकलन भएको छ ।
ट्रेड टावर थापाथलीमा भएको कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ एमका डिस्ट्रिक गभर्नर धनीराम बरालले रक्तदानले मानिसको जीवन रक्षा गर्ने भएकाले यो उत्कृष्ट र पवित्र दान भएको बताए ।
कार्यक्रममा फस्ट लेडी विष्णु बराल, लायन रत्न पराजुली सर, पास्ट गभर्नर महेन्द्र पौडेल, लायन भीमलाल पौडेल, लायन बलराम सुवेदी, लायन माधव पान्डे, लायन यमुना भन्डारी, लायन प्रेम लामिछाने, दीपक आचार्य, रक्तदान कोअर्डिनेटर बलराम सुवेदी, लायन लता शाह, लायन साधुराम लम्साल (सागर), लायन रजिता खड्का, लायन उमा चिमौरिया, लायन किरण शाह, लायन उर्मिला अधिकारी, ग्लोब टाउनका द्धितीय उपाध्यक्ष अमृत बराइली, सचिव वसन्त भट्टराई, कोषाध्यक्ष कृष्णप्रसाद अधिकारी, लायन इ दिनेश अधिकारी, लायन दिनेश अधिकारी नयाँघरे, लायन दीपेन्द्र थापा, लायन युवराज बन्जाडे लगायत सहभागी थिए ।
लायन्स ग्लोबल टाउनका लायन्स २०२५ २०२६ का अध्यक्ष पुरुषोत्तम दाहालले रक्तदानमा भएको उल्लेखनीय सहभागिताप्रति आभार व्यक्त गरे ।

यसैबीच, अध्यक्ष दाहाल लायन वर्ष २०२४र२५ को उत्कृष्ट सचिव बनेका छन् । लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ एम नेपालका डिस्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले लायन वर्ष २०२४र२५ मा डिस्ट्रीकका १४५ वटा क्लबमध्येमा उत्कृष्ट ५ क्लबका सचिवमध्ये परी दाहाल सम्मानित गरेका हुन् ।




