श्रमिक समुदाय मोर्चा कास्कीमा अमृत

नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन श्रमिक समुदाय मोर्चा नेपाल कास्की जिल्लाको तेस्रो जिल्ला भेलाले अमृत सीको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन गरेको छ ।

कार्यक्रममा नेकपा कास्की इन्चार्ज आस्था सीले एकीकृत जनक्रान्तिमार्फत् नेपालमा साम्यवादसम्मको यात्रा सफल हुन सक्ने बताइन् । नेकपा कास्की सेक्रेटरी उमेश सीले श्रमिक समुदायको उत्थान, सशक्तीकरणसँगै जनताको अधिकार र अग्रगामी परिवर्तनका लागि मोर्चाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिवसमेत रहेका उनले नेपाल र नेपालीले झल्दै आएका समस्याको समाधान नेकपाको नेतृत्वमा मात्र सम्भव हुने बताए ।

कार्यक्रमा नेकपा केन्द्रीय सदस्य प्रस्रिद्ध सी, श्रमिक समुदाय मोर्चा नेपाल गण्डकी प्रदेश इन्चार्ज कुमार सी, नेकपा पोखरा महानगर सेक्रेटरी सोममाया सी, केश सी, गौमति सी, तुलसा सी, कमल सी, निरुता सी, गंगा सी लगायतले बोलेका थिए ।