समाचार

लघुकथा प्रतिष्ठानमा नयाँ कार्यसमिति : अध्यक्षमा पन्त

लघुकथा प्रतिष्ठान पोखराको तेस्रो साधारण सभा तथा अधिवेशनले कल्याण पन्तको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष गीता तिवारी, सचिव बिष्णु बास्तोला र कोषाध्यक्ष कृष्णप्रसाद बास्तोला (राजु) रहेका छन् । त्यस्तै सदस्यमा रुपिन्द्र प्रभावी जोशी, शोभा लामिछाने, डा. नवराज न्यौपाने, ढाकामोहन बराल र गायत्री पराजुली चयन भएका छन्। अधिवेशनको उद्घाटन सत्रमा साहित्यकार सरुभक्तले लघुकथा प्रतिष्ठानले पोखरामा आख्यानको क्षेत्रमा पुर्‍याएको योगदान सराहनीय रहेको उल्लेख गर्दै, नेपालकै सन्दर्भमा… पुरा पढौ

आइतबार सेप्टेम्बर ७ युकेमा आपतकालीन सूचना प्रणाली परीक्षण हुँदै

ब्रिटेन सरकारले सेप्टेम्बर ७, २०२५ मा दिउँसो ३ बजे आपतकालीन अलर्ट प्रणालीको दोश्रो राष्ट्रिय परीक्षण गर्दै छ ।परीक्षण अलर्ट बेलायतभरीका सबै उपयुक्त 4G/5G मोबाइल फोन र उपयुक्त ट्याब्लेटहरूमा पठाइनेछ। यो अप्रिल २०२३ मा पहिलो सफल राष्ट्रिय परीक्षण पछिको दोश्रो राष्ट्रिय परीक्षण हो। यस क्रममा 4G/5G नेटवर्कमा जोडिएका सबै मोबाइल फोन र ट्याब्लेटले करिब १० सेकेन्डसम्म साइरन ध्वनि निकाल्ने छन् । अन्य प्रकारका सन्देशभन्दा आपतकालीन अलर्ट धेरै फरक देखिने र सुनिनेछ… पुरा पढौ

गल्कोट समाज युकेमा विष्णुको नेतृत्व

गल्कोट समाज यूकेमा सर्वसम्मत् नयाँ नेतृत्व चुनिएको छ। सोमबार बर्मिङहम वेष्ट ब्रोमिचस्थित समाजको आफ्नै भवनमा सम्पन्न पाँचौँ अधिवेशनले विष्णु चालिसेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। नयाँ कार्यसमितिको तीन उपाध्यक्षमा मिडल्यान्डबाट सुरेश भण्डारी, स्कटल्याण्डबाट धनबहादुर केसी र लन्डनबाट राजु बोहोरा चयन भएका छन्। महासचिवमा गोबिन्दराम कंडेल, सचिवमा राजु सापकोटा, कोषाध्यक्षमा सिता खरेल र सहकोषाध्यक्षमा तेज भण्डारी निर्वाचित भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यमा सुरेश परियार, मोती सुवेदी, किरण कंडेल, मोहित गौतम,… पुरा पढौ

र्‍यान्डममा दीपकको नेतृत्व

र्‍यान्डम रिडर्स सोसाइटीको ७ औँ अधिवेशन तथा १५ औँ साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ ।अधिवेशनले दीपक पराजुलीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्याक्षमा नेपालप्रकाश अधिकारी र गौरी तमू, सचिवमा ध्रुव केसी, कोषाध्यक्षमा भरत कोइराला र सहसचिवमा बाबुराम सुवेदी चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा हसिना बस्नेत, खिम लामिछाने ‘काजी’, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, निकिता भट्टराई र शङ्करमणि त्रिपाठी (छन्दमणि) सर्वसम्मत चयन भएका छन्… पुरा पढौ

भाष्कर र राहुललाई डागर पुरस्कार

युवा उद्यमी तथा समाजसेवी भाष्कर उपाध्याय र राहुल उपाध्याय डागर स्मृति पुरस्कार २०८२ बाट पुरस्कृत भएका छन् । डागर स्मृति प्रतिष्ठान नेपालले राजन पराशर डागरको २४ औं स्मृति दिवस समारोह तथा संस्थाको साधारणसभामा नगद २० हजार सहितको उक्त पुरस्कार संयुक्तरूपमा अर्पण गरेको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले रमा पराशरले आफ्ना श्रीमान्को स्मृतिमा प्रतिष्ठान स्थापना गरेर समाजसेवाका क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताए । उनले पराशर अब व्यक्ति… पुरा पढौ

पोखरामा सिआईसी शैक्षिक मेला हुने

विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी सिआईसी एजुकेशन हव पोखराले भदौ १६ र १७ गते दुई दिने शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । संस्थाले कास्की र वरपरका जिल्लाका विद्यार्थीलाई मुख्य रूपमा लक्षित गरेको यस मेलामा बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड लगायतका मुलुकका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिको प्रत्यक्ष सहभागिता रहनेछ । मेलामा आउने प्रतिनिधिमार्फत विद्यार्थी र अभिभावकले सम्बन्धित देशको शैक्षिक प्रणाली, विश्वविद्यालय तथा कलेजका कार्यक्रम, छात्रवृत्तिबारे जानकारी पाउने तथा… पुरा पढौ

ढिकुरपोखरी समाज पोखरामा शुभकामना आदानप्रदान

हरितालिका तिजको उपलक्ष्यमा ढिकुरपोखरी समाज पोखराले शूभकामना आदानप्रदान तथा तिजको दर खाने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी गणडकी प्रदेश सभा सदश्य देवका पहारीले एऊटा परिवारमा मात्र सीमित हूने र महिला बिषेशले मात्र मनाऊनू पर्छ भन्ने चाड आज सबै दाजू भाई दिदि बैनि मिलेर मनाऊदा धेरै नै परिष्कृत भयको बताऊनू भयो । नेपालका चाड पर्वले महिला लाई महान शक्ति सम्पन्न देबिको रूपमा चित्रण गरेको बताऊदै… पुरा पढौ

पोखरा १७ को तीजगीत प्रतियोगितामा नारी शक्ति पहिलो

पोखरा महानगरपालिका वडा नम्बर १७ को कार्यालयले हरितालिका तीजको अवसरमा तीजगीत प्रतियोगिता गरेको छ । शुक्रबार भएको प्रतियोगितामा नारी शक्ति आमा समूह पहिलो भएको छ । प्रतियोगितामा जनजागरण आमा समूह दोस्रो, सिद्धार्थ नमुना आमा समूह तेस्रो र शीतल चौतारी आमा समूह प्रोत्साहन ठहरिए । प्रतियोगितामा १२ समूह सहभागी थिए । प्रतियोगितामा पहिलोलाई १५ हजार रुपियाँ, दोस्रो १० हजार, तेस्रोलाई ७ हजार रुपियाँ, प्रोत्साहन पुरस्कार ४ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो… पुरा पढौ

पार्टी सदस्यता पार्टीले दिने हो, टेलिभिजनले होइनः ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता एमालेले नखोसेको स्पष्ट पारेका छन् । भण्डारीले राष्ट्रपति पदमा निर्वाचित हुने क्रममा आफैंले २०७२ कात्तिक १२ गते सदस्यता परित्याग गरेको र त्यसयता नवीकरण वा पुनः प्रवेशको कुनै प्रक्रिया नभएकाले अहिले सदस्यता नभएको उनको भनाइ छ । उनले टेलिभिजनले सदस्यता नदिने जनाउँदै त्यसका लागि भण्डारीले कुनै छलफल, आवेदन पनि नदिएको बताए । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा… पुरा पढौ

बलात्कार आरोपमा प्रहरी इन्चार्ज पक्राउ

कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा नगर प्रहरी इन्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिकामा कार्यरत नगर प्रहरी सहायक निरीक्षक (असइ) सुरेन्द्र बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत साउन ३० गते ३२ वर्षीय एक महिलाले बोहराविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा नगर प्रहरी इन्चार्ज बोहरालाई नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं