पोखराकी सनिसरा काठमाडौंको गेस्ट हाउसमा मृत फेला

काठमाडौंको गेस्ट हाउसमा पोखराकी एक युवती शनिबार राति मृत भेटिएकी छिन् ।

काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् ।
मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना रहेको प्रहरीले जनाएको छ ।