समाचार

चितुवाको आक्रमणबाट वन अधिकृतसहित ३ घाइते

पोखरामा बिहीबार बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित ३ घाइते भएका छन् । पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहानको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृते श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगरसहित पोखरा औद्योगिक क्षेत्र बस्ने वर्ष ३० का श्याम थापा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिएका छन् । स्थानीय खगेन्द्रबहादुर गुरुङको बाथरुममा पसेको चितुवालाई निकाल्ने क्रममा एक्कासी आक्रमण गरेको… पुरा पढौ

भरुवा बन्दुकसहित २ पक्राउ

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । निकुञ्जका विभिन्न स्थानमा राखिएका क्यामेराको सहायताले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ । भरुवा बन्दुकसहित पक्राउ पर्नेमा दाङको दङगीशरण गाउँपालिकाका–१ का कुलबहादुर वली र सोही ठाउँका हिमलाल खत्री रहेका छन् । उनीहरुका साथबाट भरुवा बन्दुक, बारुद, पासो, छिनो खुकुरी, सलाईलगायतका सामग्रीसमेत बरामद गरिएको छ । उनीहरुलाई निकुञ्जको ‘कोर यरिया’भित्र पर्ने बहिबरचौर भन्ने ठाउँबाट पक्राउ गरिएको थियोे । निकुञ्ज… पुरा पढौ

पट्रोलमा कालो बजारी गर्ने ३ पक्राउ

सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने ३ जना पक्राउ परेका छन् । नगरपालिका–५ कुशाहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर रु १२० का दरले बिक्री वितरण गर्ने ३ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताए । पक्राउ पर्नेमा नगरपालिका–७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा नं ५ का ३० वर्षीय तेजनारायण भगत रहेका छन् । पक्राउ परेका चौधरीको साथबाट १७… पुरा पढौ

परीक्षा र पठनपाठन रोकियो

पोखरा विश्वविद्यालयले पठनपाठन र परीक्षा स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबारको सूचना अनुसार यस्तो निर्णय गरिएको विश्वविद्यालयले जनाएको छ । अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएका यी परीक्षाहरू सञ्चालन हुनुभन्दा एक हप्ता अगाडि सूचना प्रकाशित गरिने जनाइएको छ । पुरा पढौ

कालिकोटमा ३ दिनसम्म विजुली नआउने

जिल्लाको एकमात्र लघुजलविद्युत् आयोजना तीन दिनसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण कालीकोटले एक सूचना प्रकाशन गरी तीन दिनसम्म विद्युत् बन्द हुने जानकारी दिएको छ । पटक–पटक विद्युत् पावर हाउसमा आउने समस्याले जिल्लावासी अन्धकारमा बस्नु परेको छ । बत्तीस वर्षअगाडि सञ्चालनमा आएको उक्त आयोजनाले कालीकोटका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिकाका करीब दुई हजार ६०० सेवाग्राहीलाई सेवा दिँदै आएको छ । नेपाल विद्युत् प्राधिकरण कालीकोटका प्रमुख मेगराज… पुरा पढौ

महोत्तरीमा तीन दिनमा ५ को मृत्यु

 महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनमा पाँचको मृत्यु भएको छ । नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल, ४५ वर्षीय सुखचन्द्र मण्डल, ५० वर्षीय विकास मण्डल र ५५ वर्षीय गङ्गा सिंहको मृत्यु भएको वडा नम्बर १ का वडाध्यक्ष शशीभूषण चौधरीले बताए ।उनका अनुसार गत मङ्गलबारदेखि अचानक उनीहरु बिरामी हुँदै र उपचार हुँदाहुँदै पनि सिकिस्त अवस्थामा पुगेर एकपछि अर्को गरी पाँचै जनाको मृत्यु… पुरा पढौ

म्याग्दीको तातोपानी कुण्ड अनिश्चितकालीन बन्द

म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डलाई अनिश्चितकालको लागि बन्द गरिने भएको छ । विश्वव्यापी महामारीको समस्याको रुपमा आएको कोरोना भाइरसको त्रासको कारण कुण्डलाई तत्कालको लागि बन्द गरिने भएको हो । चैत ८ गतेदेखि कुण्डलाई अर्को सूचना जारी नभएसम्मको लागि बन्द गर्न लागिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले सुचना जारी गरेका छन् । यो सिजन तातोपानीको लागि उत्तम समय भएपनि उपचारको लागि कुण्डमा आउने विरामीहरुको… पुरा पढौ

१७ वर्षीय किशोरीको सामूहिक बलात्कार

काठममाडौंको थानकोटमा ट्रकभित्र लगेर एक किशोरीलाई सामूहिक बलात्कार गरिएको छ । मंगलबार चन्द्रागिरि नगरपालिका १५ तीनथानामा पार्किङ गरेर राखिएको ना ३ ख ६९४ ट्रकभित्रै चालक तथा सहचालक ३ जना मिलेर १७ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेका हुन्। किशोरी बिहान धादिङ घर जान गाडी कुरेर बसेकी थिइन्। त्यस क्रममा उनलाइ ३ जनाले पुर्‍याइदिने भन्दै सडक किनारमा पार्किङ गरी राखिएको ट्रकभित्र लगेर सामूहिक बलात्कार गरेका हुन्। बलात्कारमा संलग्न आरोपमा सिन्धुलीको सुनकोसी गाउँपालिका… पुरा पढौ

पोखरामा अमेरिकी मृत फेला

पोखरा ६ डिहीकोपाटनमा १ अमेरिकी मृत फेला परेका छन् । भिलेज इन होटलमा फागुन २८ देखि बस्दै आएका अमेरिकी नागरिक मार्क स्चोनेफेल्द मृत फेला परेका हुन् । ७० वर्षीय स्चोनेफेल्दको राहदानी नम्बर ५९५६२४७१२ हो । पुरा पढौ

दुबई पठाइदिने भन्दै १० लाख ठग्ने ढोरपाटनका मगर पक्राउ

दुवईमा रोजगारीमा लगाइदिने भन्दै लाखौँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बाग्लुङ ढोरपाटन ४ खुङ्गाका शिव कुमार घर्ती मगरलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । घर्ती मगरले ठगेर अलपत्र भएको भन्दै पीडित खगेन्द्र चौधरीले उजुरी दिएका थिए। रानीवन बस्दै आएका मगरले ९ जनालाई वर्किङ भिसा लगाइदिने भनी १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरेको आरोपमा पक्रउ गरेको हो । उनलाई थप कारबाहीका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं