युवा संघ र तरुण दलका जिल्ला नेतासहित ९ जना तासको खालबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा युवासंघ खोटाङका रसकुमार राई र तरुण दल खोटाङका कोषाध्यक्ष रुपेन्द्र राईलगायत ९ जनालाई बुधबार राती खोटाङको हलेसीबाट पक्राउ गरीएको हो ।
उनीहरुको साथबाट ७४ हजार ११० रुपैयाँ र तीन बुक तास बरामद गरी खोटाङको सदरमुकाम दिक्तेलको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बामदेव गौतमले जानकारी दिएका छन् ।






