समाचार

कोरोना संक्रमण पोजिटिभ देखिदैमा आत्तिनु पर्दैन

. चीन, युरोपियन देशहरु, अमेरिका, क्यानडा लगायतका देशहरुमा हजारौंलाई कोरोना संक्रमण प्रमाणित भएको छ | ती मध्ये केहि देशमा दैनिक सयौंको संख्यामा बिरामीको मृत्यु पनि भइरहेको छ | संक्रमण डढेलो लागेझैं बिस्तार हुँदा पनि त्यहाँका जनता आत्तिएका छैनन् | संयमित रहेर सरकारलाई सहयोग गरिरहेका छन्, सरकारको आदेश पालना गरेर घरमै बसिरहेका छन् | कोरोना संक्रमणको सवालमा हामी नेपाली तुलनात्मक रुपमा धेरै भाग्यमानी रह्यौं | अन्य राष्ट्रले ठूलो विपदसंग लड्दा हामीकहाँ… पुरा पढौ

संकटमा सघाउन रक्तदान

कोरोना संक्रमणले देश नै लकडाउनतिर गइरहेका बेला रगत अभाव हुने खतरा पनि छ । यो संकटमा सघाउन सोमबार नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाको आयोजना र पोखरा महानगरपालिका वडा नं. १७ को संयोजनमा रक्तदान आयोजना गरिएको छ । कोरोनाबारे सुरक्षा सावधानी अपनाएर रक्तदान आयोजना गरिएको उपशाखा सभापति झपिन्द्रराज रेग्मीले बताए । उनले भने, ‘उपशाखा स्थलमा साना साना समूहमा रक्तदाताले रक्तदान गरेका छन् भने धेरैले हालै कास्कीमा रेडक्रसले सुर गरेको रक्तसंकलन… पुरा पढौ

लन्डनमा १ नेपालीलाई कोरोना संक्रमण

लन्डनमा १ नेपालीलाई कोरोना संक्रमण भएको छ । लन्डनमा सामाजिक अभियन्ता भगवती रानाभाट कोभिड संक्रमित भएकी हुन् । उनी ११ दिनदेखि आइसोलेसनमा छिन् । नर्थविक पार्क अस्पतालमा उनको उपचार भइरहेको छ । ९ मार्चबाट उनलाई ज्वरो आएको थियो । पछि उनलाई कोरोना संक्रमण पुष्टि भयो । उनका श्रीमान मीन र २ छोराछोरीसमेत सेल्फ आइसोलेसनमा छन् । उनले आफूलाई कोरोना संक्रमण भएको पुष्टि गर्दै फेसबुकमा लेखेकी छन्, ‘१० दिनको सेल्फ़ आईसोलेसन… पुरा पढौ

क्रिष्टल मण्टेश्वरीमा रक्तदान

क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरी किण्डरवल्र्डमा चैत्र ९ गते रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मण्टेश्वरीकी म्यानेजिङ डाइरेक्टर रिना पौडेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमका प्रमुख आमन्त्रित ब्यक्ति गण्डकी प्रदेश सभासदस्य माननीय राजीव पहारी ज्यू ले मोटिभेटर तथा अवाकस मेण्टल म्याथका डाईरेक्टर उपेन्द्र अधिकारीले ४८ औं पटक रक्तदान गरिरहंदा प्रथम रगत पोका हस्तान्तरण गरि शुभारम्भ गर्नु भएको थियो । उहाँले संसार कोरोनाले आक्रान्त भइरहदा नेपलीहरु पनि धैर्य भई बस्नुपर्ने कूरा बताउदै मण्टेश्वरीका हरेक… पुरा पढौ

वीरगञ्जका १ जनामा कोरोना संक्रमण

वीरगञ्जका एक जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय शिवकुमार रुंगटालाई पटना मेडिकल कलेजमा जँचाउने क्रममा कोरोना संक्रमण देखिएको हो । भारतबाट सात दिनपहिले नेपाल फर्केका रुंगटा चार दिनअघि अस्वस्थ भएपछि वीरगञ्जको एक अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि पटना पुगेका थिए। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखिएको छ। पुरा पढौ

खोप अभियान स्थगित

पोखरा महानगरमा दादुरा रुबेला खोप अभियान स्थगित भएको छ । कोरोनाको त्रासका कारण महानगरमा अभियान रोकिएको हो । आइतबार महानगर मेयर मानबहादुर जिसीको अध्यक्षतमा बसेको बैठकले स्थिति सामान्य नभएसम्मका लागि अभियान स्थगित गरेको हो ।स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले अभियान रोकिएको पुष्टि गर्दै अवस्था सामान्य भएपछि अभियान सुर हुने जनाए । कास्कीमा ५० हजार बालबालिकालाई २ चरणमा खोप दिने तयारी थियो । पुरा पढौ

तार चुडिँदा कर्मचारी घाइते, उपचार लागि काठमाडौं लगियो

पोखरा १० कुँडहरमा शनिबार भएको दुर्घटनामा नेपाल विद्युत प्राधिकरणका कर्मचारी घाइते भएका छन् । दिउँसो सबा २ बजेतिर कुँडहरचोकको ३२ केबी लाइनको तार चुडिँदा विद्युतका कर्मचारी टीकाराम तिमिल्सिना घाइते भएका हुन् । पोखरा १८ सराङकोट बस्ने ५४ वर्षीय तिमिल्सिनाको उद्धार गरी उनलाई गण्डकी अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । तिमिल्सिनाको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल लगिएको रेग्मीले जानकारी दिए । पुरा पढौ

पोखराभर सित्तैमा एम्बुलेन्स सेवा

कोराना संक्रमणबाट आइपर्न सक्ने संकटको मुकाबिला गर्न सिद्धार्थ क्लब पोखराले सित्तमै एम्बुलेन्स सेवा दिने भएको छ । क्लबका व्यवस्थापन प्रमुख सुशील पराजुलीले चैत १० देखि २१ गतेसम्म पोखराभित्र सित्तैमा एम्बुलेन्स सेवा उपलब्ध गराइने जानकारी दिए । उनले यो अवधिमा अत्यावश्यक परे सेवा लिन ९८५६०३६०३८ मा सम्पर्क गर्न आग्रह गरेका छन् । पुरा पढौ

कोरोनाभाइरस रोग को बारेमा बालबालिकासँग कसरी कुरा गर्ने

कोरोनाभाइरस रोग २०१९ (कोभिड-१९) का बारेमा सुनिएका धेरै थरिका कुराका कारण आत्तिनु वा चिन्ता लाग्नु स्वाभाविक हो । तपाईंका छोराछोरी पनि अत्तालिएका हुन सक्छन्  । इन्टरनेट वा टेलिभिजनका साथै अन्य मानिसहरूबाट सुनिएका/देखिएका विभिन्न जानकारीहरू बालबालिकाका लागि बुझ्न कठिन हुने भएका कारण उनीहरू हतासपन, तनाव वा उदासीको जोखिममा पर्न सक्छन् । तर उनीहरूसँग खुला र सकारात्मक छलफल गर्न सकेमा उनीहरूलाई यसबारे जान्न सहयोग पुग्ने मात्र नभई उनीहरूले अरुका लागि पनि सकारात्मक… पुरा पढौ

ला ग्रान्डी कलेजमा कोरोना सचेतना

पोखरा सिमलचौरमा रहेको ला ग्रान्डी इन्टरनेसनल कलेजले कोरोना भाइरस महामारी र यसको रोकथामबारे पोखराका बिभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गरेको छ । समुदायका लागि ग्रान्डी भन्ने नाराका साथ कलेजको विद्यार्थी क्लब आइडियाज फर लाग्रान्डी र बिपिएच विभागको संयोजकत्वमा कार्यक्रम भएको हो । समुदायप्रतिको उत्तरदायित्व वहन गर्दै कार्यक्रम गरिएको बिपिएच संकायका कार्यक्रम संयोजक केशवराज अधिकारीले बताए । बिरौटा, सृजनाचोक, पृथ्वीचोक, पोखरा बसपार्क, चिप्लेढुंगा हरिचोक र हेमजामा सचेतना ब्यानर टाँस गर्नुका साथै पर्चा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं