चैत्र ११ गते २०७६

ताजा समाचार

चैत्र ११ गते २०७६

सांसद कलिलाले दिइन् पत्रकारलाई मास्क



प्रतिनिधि सभा सदस्य कलिला खानले नेपाल पत्रकार महासंघलाई १ सय थान मास्क उपलब्ध गराएकी छिन् ।

नेकपा नेतृसमेत रहेक िखानले मंगलबार पत्रकार महासंघ तनहँुका अध्यक्ष ओमकार आर्चायलाई मास्क हस्तान्तरण गरेकी हुन् ।

पत्रकारमा सुचना संकलन गर्ने क्रममा विश्वभरी महामारीको रूपमा फैलीएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखीम उच्च रहने भन्दै महासंघ मार्फत पत्रकारहरूलाई माक्स वितरण गरीएको सांसद खानले बताईन् ।

महासंघका अध्यक्ष आर्चायले सरकारले समेत सेल्फ क्वारेन्टाईनमा बस्नका लागी आग्रह गरीरहे पनि समाचार सम्प्रेशणका लागी दैनिक रूपमा व्यक्तिहरूको सम्पर्कमा आउनुपर्ने भन्दै यो अवस्थामा संक्रमणबाट जोगिन मास्कले सहयोग पुग्ने उल्लेख गरे ।